चाइना साउदर्नको नेपाल उडान कटौती
काठमाडौं। कोरोना भाइरस संक्रमणसँगै यात्रु घटेपछि चाइना साउदर्न एयरलाइन्सले चीन-नेपालको उडान कटौती गरेको छ।

सो एयरलाइन्सले चीनको ग्वान्झाउस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंमा दैनिक दुईवटा उडान गर्दै आएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले देखापढीसँग भने, “चाइना साउदर्नले बिहान र साँझ गरेर दैनिक दुई उडान गर्छ। उसले फ्रेव्रुअरी १० सम्मको लागि साँझको उडान स्थगित गरेको छ।”

बिहानको उडानमा वाइड बडी र साँझको उडानमा न्यारो बडीको जहाज हुँदै आएको थियो।

चीनबाट नेपाल आउने र जाने यात्रु नै हुन छाडेकाले चाइना साउदर्नले न्यारो बडीको उडान बन्द गरेको कर्णले बताए।

चीनको ग्वान्झाउस्थित विमानस्थललाई ट्रान्जिट बनाएर अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका देशबाट नेपाली स्वदेश फर्कने गर्दथे।

तर, चीनमा कोरोना भाइरसको संक्रमणले महामारीको रूप लिएपछि ग्वान्झाउस्थित विमानस्थललाई ट्रान्जिट बनाएर बनाएर नेपाल आउनेहरूले ट्रान्जिट परिवर्तन गरिरहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्