काठमाडौं। कोरोना भाइरसबाट जोगिन भन्दै चीनसँगका सबै सीमा बन्द गर्नुपर्ने मागसहित हङकङस्थित अस्पतालका स्वास्थ्यकर्मीहरू हड्तालमा उत्रिएका छन्। हङकङले सीमा वारिपारि गर्ने रेल र फेरी सेवा बन्द गरेपनि स्वास्थ्य सेवाका कर्मचारीहरू पूरै सीमा बन्द गर्न माग गरिरहेका छन्।
हङकङका अधिकारीहरू भने सीमा पूरै बन्द गर्नु विश्व स्वास्थ्य संगठनको सुझावविपरीत हुने भन्दै त्यसो गर्न मानिरहेका छैनन्। हङकङमा अहिलेसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ।
चीनबाट शुरू भएको कोरोना भाइरस विश्वभर फैलँदै जाँदा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ।
आज अत्यावश्यक सेवाबाहेकका सयौं स्वास्थ्यकर्मी आन्दोलनमा सरिक भएका छन्। भोलि ( मंगलबार) सम्म माग पूरा नभए अत्यावश्यक सेवाका स्वास्थ्यकर्मी पनि आन्दोलनमा जाने भएका छन्।
७० लाख जनसंख्या रहेको हङकङ चीनकै भूभाग भएपनि हङकङमा केही स्वायत्तता छ। हङ्कङ र चीनबीचको सीमा अन्य अन्तर्राष्ट्रिय सीमाजसरी नै सञ्चालित हुन्छ। एजेन्सीको सहयोगमा