बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई बुझाएको राजीनामा पत्रमा महराले छानबिन प्रक्रियालाई सघाउन राजीनामा दिएको उल्लेख गरेका छन्।

महरामाथि संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी थिइन्। आज बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानबिन प्रक्रियालाई सघाउन निर्देशन दिएको थियो।

महराले बुझाएको राजीनामा पत्रमा उल्लेख छ, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु।’

महराले आफूले सांसद पदबाट राजीनामा दिएको वा नदिएको भने केही उल्लेख गरेका छैनन्।

पढ्नुहाेस्:

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

महरा फेरि विवादमा, बहालवाला सभामुखमाथि बलात्कारको आरोप

प्रतिक्रिया दिनुहोस्