काठमाडौं। सरकारले चीनबाट उद्धार गरिने नेपालीलाई राख्न आवश्यक ठाउँ खोज्न नेपाली सेनालाई निर्देशन दिएको छ।
कोरोना भाइरस फैलिएको चीनको वुहान शहरमा रहेका नेपालीलाई उद्धार गरेपछि राख्ने उचित ठाउँ खोज्न सरकारले सेनालाई जिम्मा दिएको हो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सरकारले ठाउँ खोज्न भनेको र अहिलेसम्म उद्धार गरेर ल्याइएका नेपालीलाई कहाँ राख्ने भन्ने स्थानको टुंगो भने लागि नसकेको देखापढीलाई जानकारी दिए।
“हामीले कहाँ राख्ने भन्ने विषयमा सरोकारवाला निकायसँगै छलफल गरिरहेका छौं”, उनले भने, “अहिले नै यो ठाउँमा राख्ने भन्ने निर्णय भइसकेको छैन।”
वुहान शहरमा रहेका नेपालीलाई सरकारले उद्धार गर्न यसअघि नै आवेदन फारम भराइसकेको छ।
उद्धार गरिएकामा कोरोना भाइरस भए/नभएको स्वास्थ्य परीक्षणको रिपोर्ट नआउञ्जेल सुरक्षित स्थानमा राख्ने सरकारको तयारी छ।