काठमाडौं। १५–१९ माघमा सम्पन्न सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक आसपास नेकपामा एउटा विषय खुबै चर्चामा थियो, जुन ‘भैंसेपाटी बैठक’का रूपमा समेत चर्चित बन्यो।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीइतरका नेताहरूको ‘मोर्चावन्दी बैठक’का रूपमा समेत त्यसले चर्चा पायो। नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य बामदेव गौतमलगायत त्यो बैठकमा सहभागी थिए। रोचक के भने त्यो बैठक नेता गौतमकै घरमा भएको थियो।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन नभएको भए तत्कालीन नेकपा एमालेको १०औं महाधिवेशन गत असारसम्म भइसक्ने थियो।

र, १९ माघमा सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकबाट उपाध्यक्ष चुनिएका ७५ वर्षीय नेता गौतम यतिबेला सक्रिय राजनीतिबाटै अलग भइसक्थे।

तत्कालीन एमालेको विधान २०४९ (नवौं राष्ट्रिय महाविधेन, २०७१ को संशोधन) अनुसार सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनीत हुने उमेरको हद ७० वर्ष राखिएको थियो। २८ असार २००१ मा जन्मिएका गौतम एमालेको विधानमा रहेको यही अंकुशका कारण सक्रिय राजनीतिबाट ‘रिटायर्ड’ हुने थिए।

विधानको अध्याय १० को धारा ६५ (३) मा ‘सबै कार्यकारी पदमा निर्वाचित वा मनोनीत हुन उमेर हद ७० वर्षको हुनेछ’ भन्ने उल्लेख थियो।

गौतमले अझैं पनि कार्यकारी भूमिका खोजिरहेका छन्। यसको पुष्टि उनले दिने गरेका सार्वजनिक अभिव्यक्तिबाटै हुन्छ।

तर, ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि गठित नेकपाको अन्तरिम विधानमा यो प्रावधान हटाइयो। एमाले–माओवादी एकताका सूत्रधारमध्येका एक, गौतमकै रूचिमा यो प्रावधान हटाइएको नेकपाका नेताहरू नै बताउँछन्।

त्यसको अर्थपूर्ण कारण छ। गौतमले अझैं पनि कार्यकारी भूमिका खोजिरहेका छन्। यसको पुष्टि उनले दिने गरेका सार्वजनिक अभिव्यक्तिबाटै हुन्छ। नेकपा गठनपछि नौ सदस्यीय केन्द्रीय सचिवालय सदस्यका रूपमा सीमित भएका गौतम विधान संशोधन गराएर उपाध्यक्ष हुन सफल भएका छन्।

उनीनिकट एक नेताका अुनसार गौतममा अझैं एकपटक पार्टीको कार्यकारी जिम्मेवारीमा पुग्ने हुटहुटी छ। पार्टीको कार्यकारी भन्दा पनि अझ बढी रहर उनलाई सरकारमा कार्यकारी भूमिका सम्हाल्ने (प्रधानमन्त्री बन्ने)मा छ।

नेकपाको केही समयअघिको सचिवालय बैठकमा समेत उनले संविधान संशोधन गराएर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्ने भए मात्र आफू राष्ट्रिय सभामा जाने अभिव्यक्ति दिएका थिए। तर, यसमा नेकपाका दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल सकारात्मक भएनन्। परिणामः, गौतम राष्ट्रिय सभामा गएनन्।

गौतम नेकपाको संगठन विभाग प्रमुख समेत हुन्।

उसो त गौतम एमालेभित्र सँधै ‘शक्तिशाली’ नै रहिरहे। गौतम जता मिल्थे, उतै बहुमत पुग्थ्यो। अर्थात् एमालेभित्र उनी ‘निर्णायक पात्र’ मानिन्थे।

५–१४ फागुन २०६५ मा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए, गौतम। त्यसअघि एमालेमा महासचिव कार्यकारी हुने प्रणाली थियो। आठौं महाधिवेशनबाट एमालेले अध्यक्षात्मक प्रणाली अबलम्बन गरेको थियो।

एमालेमा स्थायी समिति सदस्य रहेका गौतम आठौं महाविधेनबाट उपाध्यक्षमा निर्वाचित भए। त्यसपछि १९–२५ असार २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट पनि गौतम उपाध्यक्ष नै निर्वाचित भए। तत्कालीन एमालेमा उनी वरिष्ठ नेतापछिको तेस्रो वरियतामा थिए।

तत्कालीन एमालेभित्र स्थायी समिति सदस्य रहेका गौतम २०५४ सालमा पार्टी विभाजन गरेर नेकपा मालेको महासचिव बनेका थिए। तर, २०५६ सालको आमनिर्वाचनमा लज्जास्पद हार वेहोरेपछि गौतम फेरि एमालेमै फर्किए।

उनीसँगै मालेमा लागेका सीपी मैनाीहरू अहिले पनि मालेमै छन्। एमालेमा फर्किएपछि गौतमले स्थायी समिति सदस्य र किसान महासंघको अध्यक्षको जिम्मेवारी पाए।

त्यसयता एमालेभित्र ‘शक्तिशाली’ बनेका गौतम पटक–पटक  गृहमन्त्री बनेका छन्। उनी उपप्रधानमन्त्रीसम्म बनिसकेका छन्। अब उनले पार्टीमा अध्यक्ष र राजकीय पदमा प्रधानमन्त्रीको जिम्मेवारी पाउन मात्र बाँकी छ। गौतम त्यसकै दौडमा देखिन्छन्।

नेकपाका एक केन्द्रीय सदस्यका अनुसार पार्टी एकतापछिको संक्रमणकालीन अवस्था भएकाले पनि धेरै बोल्न गाह्रो छ। नेतृत्वले गरेका निर्णय स्वीकार्नुपर्ने बाध्यता छ।

तर, बामदेवको पदलोलुपतादेखि नेकपाका केही नेताहरू भने सन्तुष्ट छैनन्। भलै उनीहरूले सार्वजनिक रूपमा भन्न सकिरहेका छैनन्।

“उहाँहरूले नै पद ओगटिरहने हो भने पछिल्लो पुस्ताको नेतृत्व विकास कसरी हुन्छ?”, एक केन्द्रीय सदस्यले देखापढीसँग भने, “नेतृत्व विकासलाई ‘बन्ध्याकरण’ गर्दै जाने हो भने न पार्टी चलायमान हुन्छ, न पछिल्लो पुस्ताले ‘स्पेश’ पाउँछ। यो प्रवृत्ति गलत छ।”

ती केन्द्रीय सदस्यका अनुसार पार्टी एकतापछिको संक्रमणकालीन अवस्था भएकाले पनि धेरै बोल्न गाह्रो छ। नेतृत्वले गरेका निर्णय स्वीकार्नुपर्ने बाध्यता छ।

गौतम २०२१ सालमा कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए। उनलाई हाल ज्येष्ठ कम्युनिष्ट मञ्चका सचिव रहेका गोविन्द ज्ञवालीले २०२४ साल आसपास सदस्यता दिलाएका थिए।

" /> काठमाडौं। १५–१९ माघमा सम्पन्न सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक आसपास नेकपामा एउटा विषय खुबै चर्चामा थियो, जुन ‘भैंसेपाटी बैठक’का रूपमा समेत चर्चित बन्यो।

"> बामदेव गौतम ‘रिटर्न्स’: किनाराबाट फेरि केन्द्रमा !: Dekhapadhi
बामदेव गौतम ‘रिटर्न्स’: किनाराबाट फेरि केन्द्रमा !

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्