काठमाडौं। नेपालमा उत्पादन हुने धागोको निर्यात खुलाउन नेपाल र बंगलादेशबीच दुई पक्षीय वार्ता हुने भएको छ। फागुन तेस्रो साता बंगलादेशको राजधानी ढाकामा हुने वार्ता नेपाल र बंगलादेशको भन्सार विभागस्तरीय हुनेछ।
१८–१९ फागुनमा हुने वार्तामा नेपालले धागोको निर्यातलाई मुख्य अजेन्डाका रूपमा प्रस्तुत गर्दैछ। यस्तै, बंगलादेशले प्रान लिची जुसको निर्यातलाई मुख्य अजेन्डा बनाउने बताइएको छ।
व्यापार घाटा न्यूनिकरण गर्ने लक्ष्यसहित नेपाल सरकारले इनर्जी ड्रिंकको आयात प्रतिबन्ध लगाएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लगाएको उक्त प्रतिबन्धपछि बंगलादेशबाट नेपाल आउने प्रान लिची जुसको आयात रोकिएको छ।
“आफ्नो अर्बौं रूपैयाँको निर्यात रोकिएपछि बंगलादेशले नेपाल सरकारलाई लिची जुसको आयात खोल्न दबाब दिँदै आएको थियो”, मन्त्रालयका एक कर्मचारीले भने “तर, सरकारले आफ्नो अडान नछाडेपछि बंगलादेश भन्सारस्तरीय दुईपक्षीय वार्ताका लागि तयार भएको हो।”
उनका अनुसार नेपालले बंगलादेशलाई नेपालबाट हुने धागोको निर्यात खोल्न दबाब दिन प्रान लिची जुसको आयात रोकेको थियो। प्रतिबन्धपछि बाध्य भएर धागोको निर्यात खोल्न बंगलादेश तयार भएको उनले बताए।
नेपालका लागि बंगलादेशका राजदूत उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेरै भन्सारस्तरीय बैठकबाट धागोको निर्यात खोल्ने र त्यसको बदलामा नेपालले जुसको आयात खुलाउनपर्ने माग गरेकी थिइन्।
नेपालले प्रान लिची जुसको आयातमा प्रतिबन्ध लगाएपछि नेपालसँग ‘गम्भीर वार्ता’ गर्न बंगलादेश तयार भएको छ।
यसअघि काठमाडौंमा भएको बंगलादेशसँगको व्यापार वार्तामा पनि लिची जुसको आयात खोल्न बंगलादेशले नेपाललाई अनुरोध गरेको थियो। तर, नेपालले धागो निर्यात गर्न नपाउँदासम्म जुस आयात गर्न नदिने अडान लिएपछि बंगलादेश थप वार्ताका लागि बाध्य भएको हो।
नेपालले इनर्जी ड्रिंकमा प्रतिबन्ध लगाउनुअघि बंगलादेशबाट वार्षिक साढे दुई अर्ब रूपैयाँभन्दा बढीको लिची जुस आयात हुँदै आएको थियो। यो आयात नेपालबाट बंगलादेशतर्फ हुने सबै वस्तुको निर्यातभन्दा बढी हो।
तर, नेपालले प्रान लिची जुसको आयातमा प्रतिबन्ध लगाएपछि नेपालसँग ‘गम्भीर वार्ता’ गर्न बंगलादेश तयार भएको छ।
गत आर्थिक वर्ष २०७५/०७६ मा नेपालले कूल १ अर्ब २९ करोड रूपैयाँको निर्यात गरेको थियो।
यस्तै, बंगलादेशबाट नेपालले चार अर्ब २४ करोड रूपैयाँभन्दा बढीको आयात गरेको थियो। नेपाल पछिल्लो चार आर्थिक वर्षदेखि बंगलादेशसँग नेपाल व्यापार घाटामा छ।
बंगलादेशबाट नेपाल आउने लिची जुसको परिमाण तुलनात्मक रूपमा बढ्दै जाँदा व्यापार घाटा पनि बढ्दै गएको थियो। नेपालबाट १० ओटा वस्तुमात्र बंगलादेश निर्यात हुँदै आएको छ।
नेपालले धागो निर्यात गर्न पाएमा बंगलादेशसँगको व्यापार घाटामा सुधार आउने बताइन्छ।
दाल, डाबर नेपालका उत्पादन, जडीबुटी, तोरीको तेलबाट बनेको केक, ट्रान्ससफर्मर यसका उदारहरण हुन्। यस्तै, बंगलादेशबाट पेयपदार्थ, कच्चा जुट, पाउडर दूध लगायतका वस्तु आयात हुँदै आएका छन्।

विगत साढे चार वर्षदेखि धागोको आयातमा रोक लगाएको बंगलादेशले गत वैशाखमा एक्रेलिक धागोको प्रतिबन्ध फुकुवा गरेको थियो। यस निर्णयबाट नेपालले खासै लाभ लिन पाएको छैन।
किनकी, बंगलादेशले आयात खुला गरेको एक्रेलिक धागोको माग बंगलादेशको गार्मेन्ट बजारमा छैन। अब हुन लागेको वार्तामा भने नेपालबाट सबैखाले धागो निर्यात गर्ने गरी सहमति गर्ने प्रयास गरिने मन्त्रालयले जानकारी दिएको छ।
" /> काठमाडौं। नेपालमा उत्पादन हुने धागोको निर्यात खुलाउन नेपाल र बंगलादेशबीच दुई पक्षीय वार्ता हुने भएको छ। फागुन तेस्रो साता बंगलादेशको राजधानी ढाकामा हुने वार्ता नेपाल र बंगलादेशको भन्सार विभागस्तरीय हुनेछ।१८–१९ फागुनमा हुने वार्तामा नेपालले धागोको निर्यातलाई मुख्य अजेन्डाका रूपमा प्रस्तुत गर्दैछ। यस्तै, बंगलादेशले प्रान लिची जुसको निर्यातलाई मुख्य अजेन्डा बनाउने बताइएको छ।

">