काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई गृह मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई गृहसचिवको जिम्मेवारी दिने निर्णय गरेको एक मन्त्रीले देखापढीलाई जानकारी दिए।
२२ माघबाट अनिवार्य अवकाश पाउन लागेका गृहसचिव प्रेमकुमार राईले आजैदेखि लागू हुनेगरी राजीनामा दिएपछि रिक्त स्थानमा न्यौपानेलाई लगिएको हो।
अख्तियारमा सचिव रहँदा भ्रष्टाचार सम्बन्धी फाइल लुकाएको र सर्वाेच्च अदालतलाई समेत ढाँटेको आरोप लागेका न्यौपानेलाई गृहसचिव बनाइएको हो।
न्यौपानेलाई गृहमा तानिएपछि रिक्त अख्तियारको सचिवको जिम्मेवारी प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई दिइएको छ।
" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई गृह मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई गृहसचिवको जिम्मेवारी दिने निर्णय गरेको एक मन्त्रीले देखापढीलाई जानकारी दिए।

">