नौ लाख यातायात मजदुर सामाजिक सुरक्षा योजना बाहिर
काठमाडौं। सरकारले सामाजिक सुरक्षा योजना लागू गरेको एक वर्ष पूरा भए पनि जोखिमपूर्ण मानिएको यातायात क्षेत्रमा कार्यरत् नौ लाख श्रमिक योजनामा आबद्ध हुन सकेका छैनन्।

यातायात मजदुरले योजनामा सामेल गराउन बारम्बार अनुरोध गर्दासमेत सरकार र व्यवसायीले बेवास्ता गरेका कारण जोखिममा काम गरिरहेका यातायात मजदुर योजनामा सामेह हुन नसकेका हुन्।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले यातायात क्षेत्रमा मजदुरलाई समेत योजनामा ल्याउने गृहकार्य भइरहेको बताए।

सरकारले रोजगारदाता र श्रमिकबीचको असल श्रम सम्बन्ध कायम गर्ने जनाउँदै लागू गरेको सामाजिक सुरक्षा योजनामा नौ लाख यातायात मजदुर आबद्ध हुनबाट वञ्चित भएको आजको कारोबार दैनिकमा समाचार छ।

देशभर सार्वजनिक भाडाका सवारीसाधनमा काम गर्ने ती मजदुरलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराउन अझै पनि नसकेको अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय सचिव देवीप्रसाद भट्टराईले बताए।

उनका अनुसार यातायात व्यवसायीको छाता संगठन ट्रेड युनियन महासंघले सामाजिक सुरक्षा कोष लागू गर्न माग गरे पनि यातायात प्रालि सुरक्षाकोषमा आबद्ध नभएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्