‘म हुँ र म गर्न सक्छु’ नाराका साथ विश्व क्यान्सर दिवस मनाईँदै

काठमाण्डौं। ‘म हुँ र म गर्न सक्छु’ भन्ने मूल नाराका साथ आज विश्‍वभर विभिन्न कार्यक्रम गरी विश्‍व क्यान्सर दिवस मनाईँदै छ।

समयमै पहिचान भइ उपचार भएमा क्यान्सर निको हुन सक्ने भएकाले सर्वसाधारणलाई यो रोगबारे सचेत गराउन हरेक वर्ष ४ फ्रेब्रुअरीमा विश्‍व क्यान्सर दिवस मनाउने गरिएको छ।

नेपालमा पनि विभिन्‍न सरकारी तथा गैरसरकारी संस्थाको अगुवाइमा क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रम गरिँदैछ।

विश्‍वमा एक वर्षमा झण्डै दुई करोड मानिसलाई क्यान्सर रोग लाग्‍ने तथ्यांक छ।

नेपालमा झण्डै ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ ।

अधिकांश बिरामी अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल जाने गरेका छन् ।

नेपालमा पाठेघरको मुख, फोक्सो, आन्द्रा, पेट, स्तनको क्यान्सरका बिरामी धेरै छन्।

अस्वस्थ्यकर खानपान तथा बदलिदो जीवनशैली क्यान्सरको कारणमध्येको एक मानिन्छ।

चिकित्सकका अनुसार अत्याधिक मदिरा, चुरोट र सूर्तीजन्य पदार्थ सेवन गरेमा क्यान्सर लाग्ने खतरा धेरै हुन्छ।

प्रतिक्रिया दिनुहोस्