काठमाडौं। प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दैछ।
संसद सचिवालयले पाँचौ अधिवेशनअन्तर्गत आज बस्ने सातौं बैठकको तीनवटा सम्भावित कार्यसूची तय गरेको छ।
आजको बैठकमा महिला तथा सामाजिक समिति सभापति निरु देवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने छिन्।
त्यस्तै शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तीय संस्था सम्बन्धी संशोधन विधेयक, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक प्रस्तुत गर्ने आजको बैठकको सम्भावित कार्यसूची छ।
" /> काठमाडौं। प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दैछ।संसद सचिवालयले पाँचौ अधिवेशनअन्तर्गत आज बस्ने सातौं बैठकको तीनवटा सम्भावित कार्यसूची तय गरेको छ।

">