काठमाडौं। चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको संख्या ४२५ पुगेको छ। चीन बाहिर भने २ जनाको मृत्यु भएको छ।
हङकङमा ३९ वर्षीय एक व्यक्तिको आज मृत्यु भएको हो। हङकङमा अन्य १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यसअघि चीन बाहिर फिलिपिन्समा पनि एक जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ। हङकङ र फिलिपिन्समा मृत्यु भएका दुवैजना चीनको वुहानबाट फर्किएकाहरू हुन्।
चीनमा आजसम्म २० हजार ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। चीन बाहिर करीब १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
" /> काठमाडौं। चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको संख्या ४२५ पुगेको छ। चीन बाहिर भने २ जनाको मृत्यु भएको छ।हङकङमा ३९ वर्षीय एक व्यक्तिको आज मृत्यु भएको हो। हङकङमा अन्य १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

">