काठमाडौं। नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सम्झौताबारे विवाद बढ्दै गएपछि अमेरिकासँगको ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टीफा) वार्ता अनिश्चित बनेको छ। नेपालमा हुने द्विपक्षीय वार्तामा अमेरिकाले चासो नदिएपछि वार्ता नै अनिश्चित बनेको हो।
२०१९ को नाभेम्बरमा गर्ने भनिएको टीफाको पाँचौ बैठक २०२० को फेब्रुअरीमा आएर अनिश्चित बनेको छ। २०१८ मा संयुक्त राज्य अमेरिकाको वासिङटनमा सम्पन्न भएको चौथो बैठकपछि २०१९ मा पाँचौ बैठक गर्न दुवै राष्ट्र सहमत भएका थिए।
पछिल्लो समय नेपालमा एमसीसीबारेको विवाद चर्कंदै गएपछि वार्ता नै अनिश्चित बनेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए।
उनले भने, “२०१९ को नाभेम्बरमै सम्पन्न गर्ने भनिएको बैठक सरेर डिसेम्बर पुर्याइएको थियो। तर, डिसेम्बरबाट फेरि सारेर फेब्रअरीमा पुगेको बैठक अब अनिश्चित बनेको छ।”
व्यापार विस्तार गर्ने र लगानी प्रबद्र्धन गर्ने लक्ष्यसहित अमेरिकासँग भएको सहमतिबाट नेपालले खासै लाभ लिन सकेको छैन।
नेपालमा एमसीसीबारे विवाद चर्कनुअघि अमेरिकी प्रतिनिधिहरु टीफा वार्ता समयमै सम्पन्न गर्न तयार थिए। उनीहरुले मन्त्रालयमै आएर आफूहरु वार्ताका लागि उत्साहित रहेको भन्दै अमेरिकाबाट आउने प्रतिनिधिलाई पोखरा घुमाउने योजनासमेत सुनाएका थिए।
“तर, तेस्रोपटक मिति सरेपछि भने बैठक गर्ने विषयमा अमेरिकी प्रतिनिधिहरु मौन छन्”, ती अधिकारीले भने, “उनीहरुले केही नभने पनि यो नेपालमा एमसीसी विवाद बढ्दै जाँदाको प्रभाव हो।”
नेपाल र अमेरिकाबीच सन् २०११ मा व्यापार विस्तार र लगानी प्रबर्द्धन गर्ने लक्ष्यसहित टीफामा हस्ताक्षर भएको थियो।
हरेक वर्ष पालैपालो यसको बैठक आयोजना गर्ने सहमति दुवै देशबीच भएको छ। पहिलो बैठकपछि दोस्रो बैठक सन् २०१५ मा बसेको थियो। त्यस्तै, तेस्रो बैठक २०१७ र चौथो बैठक २०१८ मा सम्पन्न भएको थियो।
व्यापार विस्तार गर्ने र लगानी प्रबर्द्धन गर्ने लक्ष्यसहित अमेरिकासँग भएको सहमतिबाट नेपालले खासै लाभ लिन सकेको छैन। भूकम्पपछि अमेरिकाले नेपालका ७७ वस्तुलाई शून्य भन्सार दरको सुविधा दिएको थियो। यो सुविधा नेपालले २०२५ सम्म उपयोग गर्न पाउँछ।
तर, अमेरिकाले दिएको उक्त सुविधा नेपालले सदुपयोग गर्न सकेको छैन। यसका साथै, नेपालमा बौद्धिक सम्पत्तिको चोरी रोक्ने कानूनी व्यवस्था कमजोर हुँदा अमेरिकाबाट ठूलो लगानी समेत भित्र्याउन सकिएको छैन।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव नवराज ढकालले भने अमेरिकासँग निकट भविष्यमै वार्ता हुने बताए। मन्त्रालयले अमेरिकासँगको टीफा वार्ताका लागि आवश्यक तयारी तथा पहल गरिरहेको उनले बताए।
" /> काठमाडौं। नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सम्झौताबारे विवाद बढ्दै गएपछि अमेरिकासँगको ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टीफा) वार्ता अनिश्चित बनेको छ। नेपालमा हुने द्विपक्षीय वार्तामा अमेरिकाले चासो नदिएपछि वार्ता नै अनिश्चित बनेको हो।२०१९ को नाभेम्बरमा गर्ने भनिएको टीफाको पाँचौ बैठक २०२० को फेब्रुअरीमा आएर अनिश्चित बनेको छ। २०१८ मा संयुक्त राज्य अमेरिकाको वासिङटनमा सम्पन्न भएको चौथो बैठकपछि २०१९ मा पाँचौ बैठक गर्न दुवै राष्ट्र सहमत भएका थिए।

">