काठमाडौं। नेकपा सांसद निरुदेवी पालले छाउगोठ भत्काउँदा विरोध गर्नेलाई एकदिन छाउगोठमा बस्न चुनौती दिएकी छन्।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद पालले छाउगोठ भत्काउँदा ‘डलरको खेति गर्ने’हरूको टाउको दुख्नु स्वभाविक भएको टिप्पणी गरिन्।
प्रतिनिधि सभाको अघिल्लो बैठकमा जुम्लाबाट निर्वाचित नेकपाका सांसद गजेन्द्र महतले छाउगोठ भत्काउने गृह मन्त्रालयको कार्यको विरोध गरेका थिए।
सांसद पालले आज त्यसको प्रतिवाद गर्दै एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौती दिएकी हुन्।
“अरुको टाउको दुख्नुको कारण मैले बुझ्न सकेकी छैन। त्यस्तो टाउको दुखाई हुनुपर्ने दाजुभाई हुनुुहन्छ भने कम्तीमा पनि एक दिन मात्रै बसेर देखाइदिन अनुरोध गर्दछु”, उनले भनिन्, “सुुदूरपश्चिमेली र कर्णालीकाहरूले टाउको उठाइरहेका बेला किन यो विषय आएको हो ? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”
सांसद पालका अनुसार गृह मन्त्रालयले २० माघसम्म सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लाका ८ हजार ७०० छाउगोठ भत्काएको छ।