कैलाली। धनगढीबाट सुत्केरी महिलालाई सेनाको जहाजमार्फत् उद्धार गरिएको छ।
डोटीको दिपायल सिलगढी नगरपालिकाकी २५ वर्षीय अरुणा भण्डारीको नेपाली सेनाको जहाज (स्काई ट्रक)मार्फत् उद्धार गरिएको हो।
१८ माघमा जिल्ला अस्पताल डोटिमा शल्यक्रिया गरी शिशु जन्माएकी भण्डारीको अत्याधिक रक्तश्राव भएपछि १९ माघमा सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएको थियो।
तीन दिनदेखि सेती प्रादेशिक अस्पतालको आईसीयूमा रहेकी उनको रक्तश्राव नरोकिएपछि आज सुदूरपश्चिम प्रदेश सरकारको एअर लिफ्टीङ कार्यक्रम अन्तरगत उनको उद्धार गरिएको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जनाएका छन्।
" /> कैलाली। धनगढीबाट सुत्केरी महिलालाई सेनाको जहाजमार्फत् उद्धार गरिएको छ।डोटीको दिपायल सिलगढी नगरपालिकाकी २५ वर्षीय अरुणा भण्डारीको नेपाली सेनाको जहाज (स्काई ट्रक)मार्फत् उद्धार गरिएको हो।

">