काठमाडौं। द्वन्द्वको समयमा माओवादी कार्यकर्ताले छोराको हत्या गरेकोमा न्याय माग्दै आएकी गंगामाया अधिकारीले नेपालस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पुगेर न्यायका लागि सहयोग गर्न आग्रह गरेकी छन्।
आज बिहान संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियाण्डसँग यूएन अफिस पुल्चोकमा भएको भेटवार्तामा गंगामायाले त्यस्तो आग्रह गरेकी हुन्। आफू र आफ्नो परिवारलाई न्याय दिन सरकार अनिच्छुक देखिएको भन्दै उनले आफूले भोगको अन्यायलाई अन्तर्राष्ट्रियकरण गरिदिन आग्रह गरेकी हुन्।
आवासीय प्रतिनिधि जुलियाण्डले गंगामाया अधिकारीले न्याय पाउन नसकेकोबारे आफू जानकार रहेको बताएकी थिइन्। उनले नेपालले संक्रमणकालीन न्यायिक प्रक्रियामा सुधार गरेर द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय दिनुपर्ने बताइन्।
२०६१ सालमा अघिकारीका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको माओवादी कार्यकर्ताले हत्या गरेका थिए। आफ्ना छोराका हत्यारालाई कारबाहीको माग गर्दै अधिकारी दम्पत्तिले अनसन थालेका थिए। गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीको आमरण अनसनकै क्रममा २०७१ को असोजमा निधन भएको थियो।
" /> काठमाडौं। द्वन्द्वको समयमा माओवादी कार्यकर्ताले छोराको हत्या गरेकोमा न्याय माग्दै आएकी गंगामाया अधिकारीले नेपालस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पुगेर न्यायका लागि सहयोग गर्न आग्रह गरेकी छन्।आज बिहान संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियाण्डसँग यूएन अफिस पुल्चोकमा भएको भेटवार्तामा गंगामायाले त्यस्तो आग्रह गरेकी हुन्। आफू र आफ्नो परिवारलाई न्याय दिन सरकार अनिच्छुक देखिएको भन्दै उनले आफूले भोगको अन्यायलाई अन्तर्राष्ट्रियकरण गरिदिन आग्रह गरेकी हुन्।

">