काठमाडाैं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाहेक अरू कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरूपमा काम गर्न नसक्ने ठोकुवा गरेका छन्।
पार्टी निकट अखिल नेपाल महिला संघको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाले संघर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको दाबी गरे।
उनले पार्टीका महिला नेताकार्यकर्तालाई आफ्नो संगठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिँदै भने, “परिवर्तन र कम्युनिष्टविरोधी महिला संस्था वा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरेर महिला अधिकार स्थापित हुन्छ भन्ने पूर्ण सत्य होइन। यो काम हाम्रो सङ्गठनले मात्रै गर्न सक्छ।”
सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमको कुनै असर नपर्ने प्रधानमन्त्रीले उल्लेख गरे।
ओलीले पार्टीभित्र सबै नेताहरू एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर अघि बढेकाले कतिपय सञ्चारमाध्यमले चलाएको भ्रममा परेर को बहुमत र को अल्पमतमा भन्नेतिर नलागी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न आग्रह गरे। उनले छाउपढीजस्ता कुप्रथा अन्त्यका लागि मनमस्तिष्कदेखि लाग्नुपर्ने बताए।
सो संघको एकतापछि चार हजार ४७५ सदस्यीय केन्द्रीय समितिका सदस्यले आज शपथ ग्रहण गरेका छन्। संघ अध्यक्ष अमृता थापाले अब आफूहरू छिट्टै जिल्ला तहको एकतामा जाने जानकारी दिइन्। रासस
" /> काठमाडाैं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाहेक अरू कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरूपमा काम गर्न नसक्ने ठोकुवा गरेका छन्।पार्टी निकट अखिल नेपाल महिला संघको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाले संघर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको दाबी गरे।

">