काठमाडौं। सिजी कम्युनिकेशनको लिमिटेड मोविलिटी सेवाको सबै अनुमति पत्र खारेज भएको छ। सिजी कम्युनिकेशनले नवीकरणको लागि आवेदन नदिएपछि सिजीको लाइसेन्स कानुनअनुसार स्वतः खारेज भएको हो।

दूरसंचार ऐन २०५३ को दफा २५ को उपदफा ५ ले तोकिएको समयमा आवश्यक दस्तुर सहित नविकरणको लागि आवेदन नदिए लाइसेन्स स्वतः खारेज हुने व्यवस्था गरेको छ।

कानुनअनुसार सिजीले लिएको लिमिटेड मोविलिटीको लाइसेन्स खारेज भएको सूचना दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको छ।

“१९ माघदेखि लागु हुने गरी लिमिटेड मोविलिटी सेवाको लाइसेन्स स्वतः रद्द भएको व्यहोरा सबैको जानकारीका लागि सूचित गरिएको छ,” प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले देखापढीलाई बताए।

सिजी कम्युनिकेशनसँग उक्त सेवा सञ्चालनको लागि फ्रिक्वेन्सी नै नभएपछि लाइसेन्स नवीकरण गर्न नगएको हो। सिजी कम्युनिकेशनलाई दिइएको फ्रिक्वेन्सी यसअघि नै प्राधिकरणले फिर्ता लिइसकेको छ। पछिल्लो समय फ्रिक्वेन्सी लिनको लागि विभिन्न तरिकाले लविङ गरिरेको भए पनि लिन सकेको छैन।

सिजी कम्युनिकेशनले ४१ जिल्लामा मोविलिटी सेवा सञ्चालनको लागि २०६६ मा दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र लिएको थियो। त्यसमध्ये ३४ वटा जिल्लाको लाइसेन्स यसअघि नै खारेज भइसकेको छ।

अहिले भने बाग्लुङ, पाल्पा, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बर्दिया र दैलेख जिल्लामा लिमिटेड मोविलिटी सेवा सञ्चालनको लागि छुट्टाछुट्टै  सात वटा लाइसेन्स लिएको थियो।

तात्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले अनुदान परियोजनाको रुपमा दूरसंचार सेवा संचालनका लागि लिएको ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स सीजीले खरीद गरेको थियो। कम्पनीले लिएको ग्रामीण दूरसञ्चार सेवाको मूल लाइसेन्स भने यथावत नै रहेको अर्यालले जानकारी दिए।

२०६० फागुन ५ गते एसटीएम टेलिकमको नाममा दर्ता भएको उक्त कम्पनी पछि उद्योगी विनोद चौधरीले खरिद गरी सिजी टेलिकम बनाएका थिए।

" /> काठमाडौं। सिजी कम्युनिकेशनको लिमिटेड मोविलिटी सेवाको सबै अनुमति पत्र खारेज भएको छ। सिजी कम्युनिकेशनले नवीकरणको लागि आवेदन नदिएपछि सिजीको लाइसेन्स कानुनअनुसार स्वतः खारेज भएको हो।

दूरसंचार ऐन २०५३ को दफा २५ को उपदफा ५ ले तोकिएको समयमा आवश्यक दस्तुर सहित नविकरणको लागि आवेदन नदिए लाइसेन्स स्वतः खारेज हुने व्यवस्था गरेको छ।

कानुनअनुसार सिजीले लिएको लिमिटेड मोविलिटीको लाइसेन्स खारेज भएको सूचना दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको छ।

“१९ माघदेखि लागु हुने गरी लिमिटेड मोविलिटी सेवाको लाइसेन्स स्वतः रद्द भएको व्यहोरा सबैको जानकारीका लागि सूचित गरिएको छ,” प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले देखापढीलाई बताए।

सिजी कम्युनिकेशनसँग उक्त सेवा सञ्चालनको लागि फ्रिक्वेन्सी नै नभएपछि लाइसेन्स नवीकरण गर्न नगएको हो। सिजी कम्युनिकेशनलाई दिइएको फ्रिक्वेन्सी यसअघि नै प्राधिकरणले फिर्ता लिइसकेको छ। पछिल्लो समय फ्रिक्वेन्सी लिनको लागि विभिन्न तरिकाले लविङ गरिरेको भए पनि लिन सकेको छैन।

सिजी कम्युनिकेशनले ४१ जिल्लामा मोविलिटी सेवा सञ्चालनको लागि २०६६ मा दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र लिएको थियो। त्यसमध्ये ३४ वटा जिल्लाको लाइसेन्स यसअघि नै खारेज भइसकेको छ।

अहिले भने बाग्लुङ, पाल्पा, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बर्दिया र दैलेख जिल्लामा लिमिटेड मोविलिटी सेवा सञ्चालनको लागि छुट्टाछुट्टै  सात वटा लाइसेन्स लिएको थियो।

तात्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले अनुदान परियोजनाको रुपमा दूरसंचार सेवा संचालनका लागि लिएको ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स सीजीले खरीद गरेको थियो। कम्पनीले लिएको ग्रामीण दूरसञ्चार सेवाको मूल लाइसेन्स भने यथावत नै रहेको अर्यालले जानकारी दिए।

२०६० फागुन ५ गते एसटीएम टेलिकमको नाममा दर्ता भएको उक्त कम्पनी पछि उद्योगी विनोद चौधरीले खरिद गरी सिजी टेलिकम बनाएका थिए।

"> फ्रिक्वेन्सी नै नभएपछि लाइसेन्स नवीकरणमा सिजीको बेवास्ता, लिमिटेड मोविलिटी सेवाको सबै अनुमति पत्र खारेज: Dekhapadhi
फ्रिक्वेन्सी नै नभएपछि लाइसेन्स नवीकरणमा सिजीको बेवास्ता, लिमिटेड मोविलिटी सेवाको सबै अनुमति पत्र खारेज
काठमाडौं। सिजी कम्युनिकेशनको लिमिटेड मोविलिटी सेवाको सबै अनुमति पत्र खारेज भएको छ। सिजी कम्युनिकेशनले नवीकरणको लागि आवेदन नदिएपछि सिजीको लाइसेन्स कानुनअनुसार स्वतः खारेज भएको हो।

दूरसंचार ऐन २०५३ को दफा २५ को उपदफा ५ ले तोकिएको समयमा आवश्यक दस्तुर सहित नविकरणको लागि आवेदन नदिए लाइसेन्स स्वतः खारेज हुने व्यवस्था गरेको छ।

कानुनअनुसार सिजीले लिएको लिमिटेड मोविलिटीको लाइसेन्स खारेज भएको सूचना दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको छ।

“१९ माघदेखि लागु हुने गरी लिमिटेड मोविलिटी सेवाको लाइसेन्स स्वतः रद्द भएको व्यहोरा सबैको जानकारीका लागि सूचित गरिएको छ,” प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले देखापढीलाई बताए।

सिजी कम्युनिकेशनसँग उक्त सेवा सञ्चालनको लागि फ्रिक्वेन्सी नै नभएपछि लाइसेन्स नवीकरण गर्न नगएको हो। सिजी कम्युनिकेशनलाई दिइएको फ्रिक्वेन्सी यसअघि नै प्राधिकरणले फिर्ता लिइसकेको छ। पछिल्लो समय फ्रिक्वेन्सी लिनको लागि विभिन्न तरिकाले लविङ गरिरेको भए पनि लिन सकेको छैन।

सिजी कम्युनिकेशनले ४१ जिल्लामा मोविलिटी सेवा सञ्चालनको लागि २०६६ मा दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र लिएको थियो। त्यसमध्ये ३४ वटा जिल्लाको लाइसेन्स यसअघि नै खारेज भइसकेको छ।

अहिले भने बाग्लुङ, पाल्पा, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बर्दिया र दैलेख जिल्लामा लिमिटेड मोविलिटी सेवा सञ्चालनको लागि छुट्टाछुट्टै  सात वटा लाइसेन्स लिएको थियो।

तात्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले अनुदान परियोजनाको रुपमा दूरसंचार सेवा संचालनका लागि लिएको ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स सीजीले खरीद गरेको थियो। कम्पनीले लिएको ग्रामीण दूरसञ्चार सेवाको मूल लाइसेन्स भने यथावत नै रहेको अर्यालले जानकारी दिए।

२०६० फागुन ५ गते एसटीएम टेलिकमको नाममा दर्ता भएको उक्त कम्पनी पछि उद्योगी विनोद चौधरीले खरिद गरी सिजी टेलिकम बनाएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्