चितवन। स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला चितवनको इच्छाकामना गाउँपालिकाले यहाँबाट लैजाने कृषिजन्य सामग्रीमा कर लिन थालेको छ।

अन्य जिल्लाबाट ल्याइएका कृषिजन्य सामग्रीमा कर तिर्नुपर्दा व्यवसायी मारमा परेका छन्। स्थानीय उत्पादन बाहिर निर्यात गर्दा कर लिने भनी गाउँपालिकाले तीन ठाउँमा ढाट राखेका छन्। तर अन्यन्त्र जिल्लाबाट गाउँपालिका हुँदै लैजाने सामग्रीको पनि कर लिने गर्दा व्यवसायी मारमा परेका हुन्।

कर उठाउने जिम्मेवारी पाएको आश्ना कन्सट्रक्सनले नारायणगढतर्फ रिग्दिखोलामा, काठमाडाैंतर्फ फिस्लिङमा र पोखरातर्फ मुग्लिन पुल नजिकै ढाट राखेर कर असूली गर्दै आएको छ। बाहिरबाट ल्याइएको कृषिजन्य सामग्रीमा पनि गाउँपालिकाले अनाधिकृतरूपमा कर उठाएको भन्दै व्यवसायीहरू यो कार्यको विरोध जनाएका छन्।

पोखराबाट नारायणगढतर्फ लैजाने कृषिजन्य वस्तुमा पनि कर लिने गरेको राष्ट्रिय फलफूल तथा तरकारी बिक्री सङ्घ कास्कीका कार्यसमिति सदस्य दुर्गा कँडेलले बताए। उनले यस विषयमा गाउँपालिका र जिल्ला प्रशासन कार्यालय चितवनमा पटक-पटक जानकारी गराउँदासमेत कुनै सुनवाइ नभएको बताए। उनले भने, “स्थानीय प्रशासन र इलाका प्रहरी कार्यालय मुग्लिनमासमेत उजुरी दिएको छु तर अहिलेसम्म यसबारे कुनै सुनवाइ भएको छैन।”

गाउँपालिकाभित्र उत्पादन भएका ढुङ्गा, गिट्टी, बालुवा, इँटा, कटिङ ढुङ्गा, माटो, फलफुल, तरकारी तथा वनजन्य खयर, काठ, दाउरा, गोलिया, जडीबुटी, हाड, सिङ, छाला, चौपायालगायत अन्य शीर्षकमा गाउँपालिकाले यसै आर्थिक वर्षदेखि कर उठाउन शुरू गरेको हो। उक्त शीर्षकमा कर उठाउनका लागि आश्ना कन्सट्रक्सनलाई जिम्मेवारी दिएको छ।

कँडेलले बिल देखाउँदै पहिलो दिन कृषिजन्य शीर्षकमा प्रतिटिप १०० रूपैयाँ शुल्क लिएकोमा क्रमशः पछिल्ला दिनमा प्रतिटिप २००, त्यसपछि  प्रतिटिप २५० र पछिल्लो दिनमा ४५० रूपैयाँसम्म अवैध रूपमा कर असूली गरेको बताए।

गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले अब त्यसरी कर नउठाइने भनेर बारम्बार आश्वासन दिए पनि कर सङ्कलकले विभिन्न बहानामा बखेडा झिकेर दादागिरी शैलीमा कर लिने गरेको प्रमाण नै पेश गर्दासमेत सुनुवाइ नभएको कँडेल बताउँछन्।

बाहिरबाट आएको सामग्रीमा पनि इच्छाकामना गाउँपालिकाले कर उठाएकोबारे अध्यक्ष गुरुङसँग बुझ्दा उनले केही समय पहिले स्थानीय उत्पादित बस्तु पनि झुक्याएर बाहिरको भनेर कर नतिर्दा कर सङ्कलकले बाहिरको सामग्रीमा पनि कर लिएको बताइन्। तर, अहिले अनुगमन पश्चात बाहिरको हो भनी आवश्यक प्रमाण र कागजपत्र भए कसैसँग कर नउठाएको र उठाएको भए तत्काल कर सङ्कलकलाई कारबाही गर्ने उनकाे भनाइ छ। रासस

" /> चितवन। स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला चितवनको इच्छाकामना गाउँपालिकाले यहाँबाट लैजाने कृषिजन्य सामग्रीमा कर लिन थालेको छ।

"> गाउँपालिका पार गर्न कर !: Dekhapadhi
गाउँपालिका पार गर्न कर !

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्