कांग्रेस नेता सिंहले भने- 'पार्टीलाई कमजोर बनाउन गलत समाचार सम्प्रेषण भइरहेको छ' <p>पर्सा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताएका छन्।</p> <p>पार्टी नेतृत्वले विधानलाई पाखा लगाई आफूखुशी गरेकाले संगठनभित्र विवाद देखिएको बताउँदै उनले विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट समाप्त हुने विश्वास व्यक्त गरे।&nbsp;</p> <p>नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले केन्द्रीय कमिटीले सार्वजनिक गरेको कार्यतालिकालाई पूर्णरूपमा पालना गरी शान्तिपूर्ण तथा भयरहित वातावरणमा १४औं महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको प्रष्ट पारे।</p> <p>कांग्रेसभित्रकाे विवादबारे बाहिर सञ्चारमाध्यममा आएको समाचारजस्तो सही नभएको प्रष्ट्याउँदै उनले पार्टीलाई कमजोर पार्न गलत समाचार सम्प्रेषण भइरहेको बताए। नेता सिंहले सरकारले विनियोजन गरेको विकास बजेट खर्च गर्न नसक्नु सरकारको असफलता रहेको आरोप लगाए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्