काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गरेपछि तीन वर्ष कस्सिएर काम गर्ने बताएका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरूसँगको अन्तरक्रियामा उनले भने, “मेरो मिर्गौलामा समस्या छ, त्यसैले दोस्रोपटक प्रत्यारोपण गर्नुपर्ने भएको छ। प्रत्यारोपणपछि बेस्सरी काम गर्ने हो।”

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता गर्दाको समझदारीअनुसार आफूले आलोपालो नै सरकार चलाऔं भनेको भए पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले नमानेकोसमेत प्रधानमन्त्री ओलीले बताए।

“अब सरकार फेरिरहने नगरौं, स्थिरताका लागि पनि तपाईं नै प्रधानमन्त्री बनिरहनुहोस् भनेको प्रचण्डजीले नै हो”, उनले भने।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा अलिअलि समस्या बाँकी रहेको स्वीकारे।

“पार्टीमा म भन्दा पहिले अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेताहरू हुनुहुन्छ,” उनले ठट्यौली पारामा भने, “त्यसैले उहाँहरूले सजिलै सबै कुरा मान्नुहुने पनि भएन नी!”

“नेपाली समाजको चेतना धेरै अगाडि बढिसकेको छ। सरकारले चाहेर पनि स्वतन्त्रता कुण्ठित गर्न सक्दैन।”

सम्पादकहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले प्रेस स्वतन्त्रता तथा अन्य सबै प्रकारका स्वतन्त्रता संकुचित गर्ला कि भन्ने आशंका नगर्न आग्रह गरे।

“तपाईंहरूले स्वतन्त्रता भोग्दै आउनु भएको छ, मैले स्वतन्त्र नहुनुको अवस्था करीब १४ वर्ष जेलमा भोगेको छु, त्यसैले यसमा कुनै शंका नगर्नुहोला,” उनले भने, “नेपाली समाजको चेतना धेरै अगाडि बढिसकेको छ। सरकारले चाहेर पनि स्वतन्त्रता कुण्ठित गर्न सक्दैन।”

दैनिक, अनलाईन र साप्ताहिक पत्रिकाका २५ जना सम्पादकमाझ शुरूमा प्रधानमन्त्रीले आफ्ना जिज्ञासामात्र होइन, मन्तव्य नै राख्नुस् भनेर आग्रह गरेका थिए।

प्रधानमन्त्रीको आग्रहपछि सम्पादकहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्न उद्यत भएको हो कि भन्ने आशंका किन भइरहेको छ भनेर सोधेका थिए। उनीहरुको मुख्य प्रश्न थियो– “प्रधानमन्त्रीज्यूको नियत सञ्चारमाध्यमलाई च्याप्ने हो जस्तो लाग्दैन, तर अहिले के भइरहेको हो? आवेगमा कानूनका मस्यौदा किन बनिरहेका छन्?”

प्रधानमन्त्री ओलीले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पटकपटक दाेहाेर्‍याए। उनले भने, “कुनै कुरा त्रुटिपूर्ण रुपमा गएको रहेछ भने पनि त्यसलाई सच्याउन नसकिने होइन।”

केही समयअघि प्रधानमन्त्री ओलीले ‘सरकारले गरेका राम्रा कामको प्रशंसा गर्ने मुटु भएका सम्पादक छैनन्’ भनेर दिएको अभिव्यक्तिले ठूलै तरंग ल्याएको थियो।

सम्पादकहरुले यो प्रसंग उठाएपछि प्रधानमन्त्री ओलीले गुनासो गरे– “मैले तपाईंहरूलाई केही भन्नै नपाउने? तपाईंहरू पनि असहिष्णु बन्न भएन।”

प्रधानमन्त्री ओलीले ठट्याैली पारामा फेरि दाेहाेर्‍याए,  “तपाईंहरूले बलिङ गरेको गर्‍यै गर्ने अनि मैले ब्याटिङ गर्न परेन त!”

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गरेपछि तीन वर्ष कस्सिएर काम गर्ने बताएका छन्।

"> ‘चाँडै मिर्गौला प्रत्यारोपण गर्छु अनि तीन वर्ष कस्सिएर काम गर्छु’: Dekhapadhi
‘चाँडै मिर्गौला प्रत्यारोपण गर्छु अनि तीन वर्ष कस्सिएर काम गर्छु’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्