दराजले कार्गोको अनुमति लिएर व्यापार गरिरहेको प्रमाणित भएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा ‘ङ’ बमोजिम कारबाही गरेको विभागले बताएको छ।
विभागले गत मङ्सिरदेखि नै दराजको गतिविधि अध्ययन गरिहेको थियो।
चिनियाँ अनलाईन सपिङ कम्पनी अलिबाबासँगको सहकार्यमा विदेशी लगानी भित्र्याएको कम्पनी दराज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका दर्ता समेत भएको छैन्।
बजार अनुगमनका क्रममा कम्पनीले वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य र नापतौल झुक्यायर वस्तु विक्री गरेको पाइएको विभागले बताएको छ।
कुनै पनि कम्पनीले व्यापारका लागि वाणिज्य विभागका दर्ता हुनुपर्ने कानुनी प्रावधान छ। साथै, कम्पनी रजिष्टार कार्यालयमा क्यामू दराज कम्पनी प्रालिको नाममा दर्ता भएको कम्पनीले अनलाईन विज्ञापन, सफ्टवेर विकास र कार्गो उद्योग सञ्चालन गर्ने उदेश्य राखेको छ।
" />दराजले कार्गोको अनुमति लिएर व्यापार गरिरहेको प्रमाणित भएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा ‘ङ’ बमोजिम कारबाही गरेको विभागले बताएको छ।

">