काठमाडाैं। के तपाईं रातो मासुको पारखी हुनुहुन्छ ? पोलेको मासु वा सेकुवा जस्ता परिकार अत्यधिक खाने गर्नुहुन्छ ?
यदि त्यस्तो हो भने ख्याल गर्नुहोस्, तपाईंलाई पेटको क्यान्सर हुने जोखिम हुन सक्छ। चिकित्सकका अनुसार नेपालमा दैनन्दिन विभिन्न क्यान्सरको जोखिम बढ्ने क्रममा छ।
क्यान्सरबारे खोज गर्ने संस्था ‘इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ले आफ्नो वेब प्लेटफर्म ‘ग्लोबोक्यान’मा राखेको तथ्यांकअनुसार सन् २०१८ मा मात्रै क्यान्सरका २६ हजार १८४ जना नयाँ बिरामी देखिएका छन्। जसमध्ये १९ हजार ४१३ जना बिरामीले ज्यान नै गुमाएका छन्।
नेपालमा पनि क्यान्सरका रोगीको संख्या बढ्दो क्रममा देखिन्छ। सन् २०१८ को तथ्याङ्कअनुसार नेपालमा फोक्सो क्यान्सरका बिरामी सबैभन्दा बढी छन्।
नेपालमा क्यान्सर भएको सुनिश्चित गरिएका बिरामीमध्ये १४.७ प्रतिशत फोक्सोको क्यान्सरबाट पीडित छन्। दोस्रोमा पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने छन्। महिलालाई मात्र हुने यो क्यान्सरबाट ११.२ प्रतिशत पीडित छन्।
तेस्रोमा पनि महिलालाई मात्र हुने स्तन क्यान्सरका बिरामी पर्छन्, ७.९ प्रतिशत छन्। चौथोमा पित्ताशय क्यान्सरका बिरामी ६.२ प्रतिशत छन्। पाँचौं स्थानमा पेटसम्बन्धी क्यान्सरका बिरामी छन्, जुन ५.९ प्रतिशत छन्।
यी आँकडाले क्यान्सरको जोखिममा सबैभन्दा बढी महिला रहेको देखाउँछन्।
पेट तथा कलेजो रोग विशेषज्ञ अखिलेशकुमार कश्यप भन्छन्, “नेपालमा क्यान्सरका बिरामीहरूको दर दिनप्रतिदिन बढ्ने क्रममा छ, र यो चिन्ताको विषय हो।”
डा. कश्यपले अव्यवस्थित खानपान रातो मासु वा पोलेको मासु जस्ता खानेकुरा अत्यधिक खानाले पेटको क्यान्सरको जोखिम हुने बताउँछन्।
“पछिल्लो पटक पेटको क्यान्सर पनि भयावह बन्दै गएको छ, शुरूकै अवस्थामा उपचार गराउँदा यो निको हुन सक्छ”, उनी भन्छन्।
पेट तथा ठूलो आन्द्राका क्यान्सर हुँदा पेट दुख्ने, दिसा कालो हुने, अल्सर हुने र दुब्लाउँदै जाने लक्षणहरू देखा पर्छन्। “कतिपयले पेटको माथिल्लो भाग दुख्दा ग्यास्ट्रिक भनेर इग्नोर गर्ने गर्छन्”, डाक्टर कश्यपले भने, “यो शुरूआती अवस्था हो। यही अवस्थामा उपचार गरे क्यान्सरबाट जोगिन सकिन्छ।”
उनका अनुसार ५० वर्ष कटेपछि ठूलो आन्द्राको स्क्रिनिङ (नियमित चेकजाँच) अनिवार्य गर्नुपर्छ। मासु पलाएको देखियो भने त्यसलाई ‘कोलोनोस्कपी’ मार्फत् काटेर फाल्न सकिन्छ। यसरी शुरूकै अवस्थामा उपचार गराउँदा पेट तथा ठूलो आन्द्राको क्यान्सरबाट जोगिन सकिने उनको भनाइ छ।
पेट दुख्ने समस्यालाई सानो समस्या भनेर हेर्न नहुने डा. कश्यप बताउँछन्। रातो मासु वा पोलेको मासु नखाने, धूमपान नगर्ने, अल्कोहल पदार्थ नलिने र नियमित चेकजाँच गर्नुपर्ने हुन्छ।
त्यस्तै महिलालाई मात्र हुने पाठेघरको मुखको क्यान्सर पनि ठूलो चुनौती बनेको छ। शुरूआती अवस्थामा पत्ता लाग्न सके सामान्य शल्यक्रियाबाट यसको निदान हुन्छ। समयमै यो क्यान्सर पत्ता लगाउन सरकारले जिल्ला–जिल्लामा ‘पाप स्मेयर टेस्ट’ शुरू गरिसकेको छ।
" /> काठमाडाैं। के तपाईं रातो मासुको पारखी हुनुहुन्छ ? पोलेको मासु वा सेकुवा जस्ता परिकार अत्यधिक खाने गर्नुहुन्छ ?यदि त्यस्तो हो भने ख्याल गर्नुहोस्, तपाईंलाई पेटको क्यान्सर हुने जोखिम हुन सक्छ। चिकित्सकका अनुसार नेपालमा दैनन्दिन विभिन्न क्यान्सरको जोखिम बढ्ने क्रममा छ।

">