काठमाडौं। हुम्ला सदरमुकाम सिमकोटमा २१ माघमा फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ।
गत वर्ष २० माघमा एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौता अनुसार नै यसको पहुँच बढाइएको नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले बताए।
उनले देशैभर फोरजी नेटवर्क विस्तार गर्नेमा टेलिकम पहिलो र सबैभन्दा ठूलो सेवा प्रदायक बनेको जानकारी दिएका छन्।
टेलिकमले गत वर्ष कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस नेटवर्क (र्यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेसनल (सीसीएसआई) हङ्कङसँग सम्झौता गरेको थियो।
दुवै कम्पनीसँग एक वर्षभित्रै देशभर चौथो पुस्ताको फोरजी सेवा विस्तार गर्ने सम्झौता थियो।
टेलिकमले अहिलेसम्म दुई हजार ३८ साइडका तीन हजार ६८३ टावरमा फोरजी प्रविधि जडान गरेको र दुई सयभन्दा बढी नयाँ टावर स्थापना गरेको आजको गोरखापत्रमा समाचार छापिएको छ।
नेपाल टेलिकमले १७ पुस २०७३ मा नेपालमै पहिलोपटक फोरजी सेवा शुरु गरेको थियो।
त्यतिबेला १८ सय मेगाहर्ज ब्यान्डमा फोरजी सेवा शुरु गरेको कम्पनीले काठमाडौँ उपत्यका र पोखरामा मात्र यो सेवा उपलब्ध गराएको थियो।
एकैपटक फोरजी विस्तार गर्ने योजनाअन्तर्गत टेलिकमले कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्यान)का लागि पुस २०७४ मा विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो।
बोलपत्रअनुसार अप्टिकल कोरका लागि जेडटीईले एक करोड ५३ लाख डलर, सिंगापुरको मभिनिरले दुई करोड १० लाख डलर र चिनियाँ कम्पनी हुवावेले तीन करोड ८० लाख डलर रकम कबुल गरेका थिए।
" /> काठमाडौं। हुम्ला सदरमुकाम सिमकोटमा २१ माघमा फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ।गत वर्ष २० माघमा एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौता अनुसार नै यसको पहुँच बढाइएको नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले बताए।

">