ताप्लेजुङ। कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ।
चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी आएको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका वडा अध्यक्ष छेतेन शेर्पाले जानकारी दिए।
सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको शेर्पाले बताए।
ताप्लेजुङको याङ्मा, थुदाम, ओलाङचुङगोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँ बजारकै भरमा रहने गरेका छन्।
सीमावर्ती क्षेत्रका वासिन्दाले रिउ बजारबाट याक र चौँरीलाई बोकाएर सामान ढुवानी गर्छन्।
आफूले उत्पादन गरेका गलैँचालगायतका स्थानीय सामग्रीको मुख्य बजार रिउ नै रहेकाले र ढुवानीका हिसाबले पनि सहज हुने भएकाले रिउलाई मुख्य बजारका रूपमा लिँदै आइएको छ। रासस
" /> ताप्लेजुङ। कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ।चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी आएको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका वडा अध्यक्ष छेतेन शेर्पाले जानकारी दिए।

">