धनगढी। सुदूरपश्चिम प्रदेश सभामा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन मागसहित संकल्प प्रस्ताव दर्ता भएको छ।
प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सदस्य कर्णबहादुर मल्ल प्रस्तावक, भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थक रहेको संकल्प प्रस्ताव २१ माघमा दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए।
भारतले नेपालको सुदूरपश्चिम प्रदेशको लिम्पियाधुरा कालापानीलाई आफ्नो नक्सामा समावेश गरेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त संकल्प प्रस्तावमा भूमि फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन संकल्प प्रस्ताव पारित गरी केन्द्र सरकार र प्रदेश सरकारले मिचिएको भूमि भारतीय नक्साबाट हटाउन पहल गरोस् भन्ने माग गरिएको छ। रासस
" /> धनगढी। सुदूरपश्चिम प्रदेश सभामा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन मागसहित संकल्प प्रस्ताव दर्ता भएको छ।भारतले नेपालको सुदूरपश्चिम प्रदेशको लिम्पियाधुरा कालापानीलाई आफ्नो नक्सामा समावेश गरेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त संकल्प प्रस्तावमा भूमि फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन संकल्प प्रस्ताव पारित गरी केन्द्र सरकार र प्रदेश सरकारले मिचिएको भूमि भारतीय नक्साबाट हटाउन पहल गरोस् भन्ने माग गरिएको छ। रासस
">