कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्षमा धक्काः नेकपा अध्यक्ष दाहाल
<p>काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरसको संक्रमणले नेपाल भ्रमण वर्षमा ठेस लागेको बताए। </p>
<p>आज कास्कीको पोखरामा आयोजित तेस्रो विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने, “नेपाल भ्रमण वर्षको शुरूमै कोरोना भाइरसले गर्दा थोरै भए पनि ठेस लागेको छ, तर छिट्टै नियन्त्रण हुने विश्वास छ।”</p>
<p>चीनमा रहेका नेपाली विद्यार्थीलाई उद्धार गर्न सरकारले तयारी थालेको दाहालले जानकारी दिए।</p>
<p>नेपालमा कोरोना भाइरस एकजनामा मात्र देखिएको र उपचारपछि निको भइसकेकाले त्रसित हुनुपर्ने अवस्था नरहेको उनले आस्वस्थ पारे।</p>
प्रतिक्रिया दिनुहोस्