कोरोना भाइरसः हङकङमा १८ संक्रमित, चीनमा मृत्यु हुनेकाे संख्या ५०० पुग्यो
<p>हङकङ। चीनमा महामारीको रूप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएकाे जनाइएको छ।</p>
<p>विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका थिए।</p>
<p>हङकङका ती व्यक्तिलाई गत ३१ जनवरीमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो।</p>
<p>कोरोना भाइरसका कारण चीनमा हालसम्म ५०० जनाको मृत्यु भएकाे छ। (<em>रासस-सिन्ह्वा</em>)</p>
प्रतिक्रिया दिनुहोस्