काठमाडौं। प्रतिनिधि सभाका सांसदहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेशकुमार भट्टराईलाई नेपाल भ्रमण वर्ष २०२० सफल पार्न विभिन्न सुझाव दिएका छन्।
आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा नेपाल भ्रमण वर्ष २०२० को कार्यान्वयन, विदेशी नागरिकको विमान भाडादर र वार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा सांसदहरूले सुझाव दिएका हुन्।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको जातजाति, भाषा, संस्कृति र नेपालमा भएका पुराना वस्तुको प्रचार गर्न म्युजियम बनाउनुपर्ने बताए।
नेपालले देशको क्रान्तिको इतिहास देखिने गरी १२६ जातजाति भएको देश भनेर चिनाउने म्युजियम बनाउनुपर्नेमा नेपालले जोड दिए।
नेपालले गणतन्त्र स्मारक नारायणहिटीमा बनाएर गल्ति गरिएको समेत बताए। त्यहाँ नभएर त्यसलाई अन्य ठाउँमा बनाइनुपर्नेमा जोड दिँदै उनले भने, “यो गलत छ। र, गलत भएको हुनाले त्यसलाई त्यहाँबाट हटाउनुपर्छ।”
छलफलमा सांसद भीम रावलले पर्यटन वर्षलाई सफल पार्न सडक यातायात, हवाई यातायात तथा होटल लगायतका भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताए। भूकम्पका कारण क्षति पुगेको सम्पदाहरूको पुननिर्माण द्रुत गतिमा गर्नुपर्नेमा उनले जोड दिए।
नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौंको प्रदूषण कम गर्न विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रमा साइकल लेनको विकास गर्नुपर्नेमा जोड दिए। सम्पदा सूचीमा परेका क्षेत्रहरूको प्रचार–प्रसारमा जोड दिनुपर्ने उनको भनाई थियो।
संसद पुष्पा भुसालले भ्रमण वर्ष शुरू भइसक्दा पनि गम्भिरतापूर्वक तयारी नभएको बताए। पर्यटकलाई आकर्षित गर्ने योजना बनाउनुपर्ने र नयाँ अभियान चलाउनुपर्नेमा उनले जोड दिए।
छलफलमा नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले सात वटै प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्रहरूलाई चिनाउने गरी विशेष कार्यक्रमको तयारी गरिएको जानकारी दिए।
समिति सभापति पवित्रा निरौला खरेलले भ्रमण वर्षलाई सफल पार्न सबै स्थानीय तहले बजेट छुट्याउनुपर्ने बताइन्। विमानस्थल, विभिन्न सार्वजनिकस्थल लगायतका क्षेत्रम सरसफाइमा ध्यान दिन सकेमा मात्रै पनि भ्रमण वर्षलाई ठूलो सहयोग पुग्ने उनले बताइन्।
सांसद प्रेम तुलाचनले विभिन्न अवसरमा हुने सभा, समारोह र बैठक पाँच तारे होटल भन्दा पनि पर्यटकीय क्षेत्रमा गर्न सुझाव दिए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले साना–साना कार्यक्रमका लागि पैसा माग्ने प्रचलन रहेको बताउँदै अब बोर्डले ठूला योजना र कार्यक्रमका लागि मात्रै बजेट दिने नीति ल्याउन लागेको बताए।
" /> काठमाडौं। प्रतिनिधि सभाका सांसदहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेशकुमार भट्टराईलाई नेपाल भ्रमण वर्ष २०२० सफल पार्न विभिन्न सुझाव दिएका छन्।आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा नेपाल भ्रमण वर्ष २०२० को कार्यान्वयन, विदेशी नागरिकको विमान भाडादर र वार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा सांसदहरूले सुझाव दिएका हुन्।

">