काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोना भाइरसबाट बच्ने भरपर्दो सुरक्षा तयारी गरेर मात्रै चीनबाट नेपाली ल्याउन सुझाव दिएकी छन्।
आज एक सन्देश जारी गर्दै नेपालले चीनको हुबेई प्रान्तमा रहेका नेपालीलाई जहाज चार्टर्ड गरी ल्याउन लागेको विषय सञ्चार माध्यमबाट थाहा पाएको भन्दै चिनियाँ राजदूतले भनेकी छन्, “कोरोना भाइरस फैलनबाट बच्नु सबैको साझा दायित्व हो। नेपालले आफ्ना नागरिकलाई उद्धार गर्न चाहेको हो भने महामारीबाट बच्ने भरपर्दो उपाय अपनाउनु पर्छ।”
चीनमा रहेको सबै नेपाली कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहेको उनले सन्देशमा भनेकी छन्।
“चीनमा रहेका विदेशीहरूलाई कोरोनाको महामारीबाट जोगाउन विशेष महत्वका साथ काम गरेका छौं। वुहानमा रहेका नेपालीहरूको स्वास्थ्य र सुरक्षाका सम्बन्धमा चीनको विदेश मन्त्रालय बेइजिङमा रहेको नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा छ”, सन्देशमा राजदूतले भनेकी छन्, “त्यहाँका विश्वविद्यालयहरूले विद्यार्थीलाई खाद्यन्न लगायतका सुविधा उपलब्ध गराउन विशेष ध्यान दिएका छन्।”
उनीहरूको दैनिक जीवन केही प्रतिबन्धित भए पनि महामारीबाट जोगिनको लागि यो सामान्य भएको उनको भनाइ छ। त्यसैगरी, घुम्नका लागि गएका केही नेपालीको विमानस्थलमा स्वास्थ्य जाँच गर्दा सामान्य अवस्थाभन्दा बढी तापक्रम भेटिएका कारण उनीहरूकै स्वास्थ्य सुरक्षाको लागि यात्रा केही समय पछि सारिएको राजदूत यान्छीले बताएकी छन्।