काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सांसद पद स्वतः निलम्बन भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै कांग्रेस संसदीय दलका उपनेता समेत रहेका गच्छदार प्रतिनिधि सभा सदस्यबाट स्वतःनिलम्बित भएका हुन्।
मुद्दाको अन्तिम किनारा नलागेसम्म उनी सांसदको हैसियतमा संसदमा जान पाउने छैनन्।
संसद सचिवालयका सचिव गोपालनाथ योगीले संसदका कुनै सदस्यमाथि भ्रष्टाचार वा फौजदारी आरोपमा मुद्दा दायर भएपछि स्वतः निलम्बन हुने व्यवस्था रहेको बताए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेका व्यक्ति भ्रष्टाचारजन्य कसूरमा मुछिए स्वतः निलम्बन हुने व्यवस्था गरिएको छ।
‘सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिलाई आयोगले दफा १६ वा दफा १९ को उपदफा (४) बमोजिम थुनामा राखेकोमा त्यसरी थुनामा राखेको अवधिभर र दफा १८ बमोजिम मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर त्यस्तो व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन भएको मानिनेछ’, उक्त दफामा भनिएको छ, ‘त्यसरी निलम्बनमा रहेको व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा वा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकममा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न पाउने छैन।’
बालुवाटार जग्गा प्रकरणमा आज गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरेर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले उनीसँगै १७५ जनाविरुद्ध मुद्दा चलाएको हो।
पढ्नुहोस्
विजय गच्छदारलाई ९ करोड ६५ लाख र रामकुमार सुवेदीलाई ५२ करोड ५१ लाख बिगो दाबी (१७५ अभियुक्तकै सूची)
बालुवाटार जग्गा प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
" /> काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सांसद पद स्वतः निलम्बन भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै कांग्रेस संसदीय दलका उपनेता समेत रहेका गच्छदार प्रतिनिधि सभा सदस्यबाट स्वतःनिलम्बित भएका हुन्।

">