काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय प्लाइउड उत्पादनमा जोड दिएका छन्।
अर्थ मन्त्रालयमा आज नेपाल प्लाइउड उत्पादक संघका पदाधिकारीहरुसँगको भेटवार्तामा अर्थमन्त्री खतिवडाले नेपाल प्लाईउडमा आत्मनिर्भर भएकोमा खुशी व्यक्त गरे। भेटमा अर्थमन्त्री खतिवडाले भने, “कू–काठजन्य वनस्पतिलाई नगदे बालीको रूपमा विकास गरी वैज्ञानिक वन व्यवस्थापनमा सरकारले गृहकार्य गरिरहेकोे छ।”
स्वदेशी उद्योगलाई संरक्षण र सहयोग गरी मुलुकमा रोजगारी सृजना गर्ने, व्यापार घाटा कम गर्ने सरकारको नीति भएको उल्लेख गर्दै प्लाइउड उत्पादक संघले राखेका समस्याहरुका बारेमा छलफल गरी समाधान गरिने बताए।
नेपाल प्लाइउड उत्पादन संघका अध्यक्ष प्रदिपकुमार चौधरीले प्लाइउड उद्योगसँग सम्बन्धित समस्याहरु अर्थमन्त्रीलाई सुनाएका थिए। नेपालमा प्लाइउड सम्बन्धी ६७ वटा उद्योगहरु सञ्चालनमा छन्। यी उद्योगमा करीब ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय प्लाइउड उत्पादनमा जोड दिएका छन्।अर्थ मन्त्रालयमा आज नेपाल प्लाइउड उत्पादक संघका पदाधिकारीहरुसँगको भेटवार्तामा अर्थमन्त्री खतिवडाले नेपाल प्लाईउडमा आत्मनिर्भर भएकोमा खुशी व्यक्त गरे। भेटमा अर्थमन्त्री खतिवडाले भने, “कू–काठजन्य वनस्पतिलाई नगदे बालीको रूपमा विकास गरी वैज्ञानिक वन व्यवस्थापनमा सरकारले गृहकार्य गरिरहेकोे छ।”

">