राष्ट्र बैंकका गभर्नरले भने- ‘साइबर सेक्युरिटी ठूलो चुनौतीको रूपमा देखा परेकाे छ’
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले पछिल्लो समय वित्तीय क्षेत्रमा साइबर सेक्युरिटी ठूलो चुनौतीका रूपमा देखा परेको बताए।

नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यान्वयनको अवस्था र समसामयिक आर्थिक तथा वित्तीय अवस्था’सम्बन्धी अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।

गभर्नर नेपालले देशको आर्थिक विकासको पहिलो आधार वित्तीय स्थायीत्व भएको बताए। “वित्तीय क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो”, नेपालले भने, “वित्तीय स्थायीत्वपछि मात्रै अर्थतन्त्रका आधारशिला तयार हुनेछ।”

कार्यक्रममा उद्योगी व्यवसायीहरूले पछिल्लो समय केन्द्रीय बैंकले लिएका नीतिहरूले निजी क्षेत्रमाथि असर पारेको गुनासो गरे।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले नेपाल राष्ट्र बैंकले पछिल्लो समय आवधिक कर्जा, घर कर्जा तथा हायरपर्चेज कर्जामा कर चुक्ताको ५० प्रतिशत किस्ता तिर्नुपर्ने व्यवस्था गरेपछि समस्या देखा परेको बताए।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याउनु अघि निजी क्षेत्रसँग मौद्रिक नीतिको कार्यान्वयनको अवस्था र समसामयिक आर्थिक स्थितिका विषयमा छलफल गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्