काठमाडौं। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीनजना पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको छ।
पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतमाथि भ्रष्टाचार मुद्धा दायर हुँदा कतिपयले भने जानीजानी अरुलाई उन्मुक्ति दिइएको आरोप पनि लगाएका छन्।
एक दिनअघि, २१ माघ साँझ बालुवाटारस्थित आफ्नो सरकारी निवासमा सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू जोगिएको टिप्पणी गरेका थिए।
सम्पादकहरूले ललिता निवासको जग्गाको प्रसंग उठाएपछि प्रधानमन्त्रीले भनेका थिए– “त्यसबेला म पनि जग्गा खोज्दै हिंडेको थिएँ, यता आएको भए फस्ने रहेछु। धन्न बालकोट गएर किनें र जोगिएँ।”
जग्गा किन्नेले जग्गाधनी पूर्जा हेर्ने र मालपोतले त्यसलाई पास गर्ने भएकाले जोकोही पनि झुक्किन सक्ने प्रधानमन्त्रीको संकेत थियो।
त्यसक्रममा उनले ललिता निवास प्रकरणको छानविन आफूले नै गर्न लगाएको उल्लेख गर्दै दोषी नउम्किने प्रतिवद्धता जनाएका थिए।
“सरकारले गर्ने भनेको जग्गा रोक्का हो, त्यो गरिसकेका छौं”, प्रधानमन्त्रीको भनाइ थियो, “सीआईबी र अख्तियारले छानविन गरिरहेका छन्, दोषी जो भए पनि कारबाहीको भागीदार हुन्छ। मैले छानविनका क्रममा दबाब र हस्तक्षेपको परवाह नगर्न प्रष्ट भनेको छु।”
" /> काठमाडौं। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीनजना पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको छ।पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतमाथि भ्रष्टाचार मुद्धा दायर हुँदा कतिपयले भने जानीजानी अरुलाई उन्मुक्ति दिइएको आरोप पनि लगाएका छन्।

">