काठमाडौं। २१ माघ अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारस्थित सरकारी निवासमा अनलाइन तथा छापा माध्यमका सम्पादकहरूलाई निम्त्याइएको थियो।

निवासको बैठक कक्षमा भेला भएका सम्पादकहरूमाझ प्रधानमन्त्री आइपुग्नेबित्तिकै प्रेस सल्लाहकार सूर्य थापाले भने- “सबभन्दा पहिले प्रधानमन्त्रीज्यूले सम्पादकहरूका गुनासा सुन्नुहुन्छ, त्यसपछि आफ्ना भनाइ राख्नुहुन्छ। कार्यक्रमको मोडालिटी यसैगरी बनाइएको छ।”

तर, थापालाई बीचमै रोकेर प्रधानमन्त्री ओलीले भनिहाले– “म केही संशोधन गर्छु, तपाईंहरूले जिज्ञासा मात्र होइन, मन्तव्य नै राख्न सक्नुहुन्छ।” 

प्रधानमन्त्री सम्पादकहरूका कुरा सुन्ने ‘मूड’मा देखिन्थे। त्यसैले शुरूमै भनिहाले– “बेलुकी आठ बजेसम्म तपाईंहरू यतै इंगेज हुने कार्यक्रम छ, समय मिलाउनुहोला!”

सरकारले संसदमा पुर्‍याएका मिडिया काउन्सिल विधेयक र सूचना प्रविधिसम्बन्धी विधेयकमा प्रस्तावित प्रावधानमार्फत् प्रेस स्वतन्त्रता र विचार तथा अभिव्यक्तिको स्वतन्त्रता खुम्च्याउने प्रयास गरिएको टिप्पणी भइरहेका बेला सम्पादकहरूले त्यसबारे नै धेरै जिज्ञासा राखेका थिए।

उनीहरूको मुख्य सरोकार थियो– प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्न खोजिएको आशंका किन भइरहेको छ? शाहीकालमा जस्तै नियन्त्रणकारी कानूनका मस्यौदा किन बनिरहेका छन्? 

प्रधानमन्त्री ओलीले केही समयअघि व्यवसायीहरूसँगको एक भेटमा ‘सरकारले गरेका राम्रा कामबारे लेख्ने मुटु भएका सम्पादक नै नभएको’ टिप्पणी गरेका थिए। त्यसले सम्पादक र सञ्चारजगत मात्र होइन, अरु पेशाकर्मीलाई समेत तरंगित पारेको थियो। प्रधानमन्त्रीको भनाइको प्रतिवादमा कतिपयले लेख नै लेखे। सामाजिक सञ्जालमा त त्यसले अहिलेसम्म पनि चर्चा पाइरहेको छ। यसलाई नै संकेत गरेर सम्पादकहरूले प्रधानमन्त्रीलाई सोधेका थिए– सरकार आफ्नो आलोचना पनि सुन्न नसक्ने गरी असहिष्णु बन्न थालेको हो?

करीब दुई घण्टा सम्पादकका जिज्ञासा र गुनासा सुनेपछि प्रधानमन्त्री ओलीले आफ्नो भनाइ राखे। त्यसक्रममा उनले प्रेस स्वतन्त्रता मात्र होइन, कुनै पनि स्वतन्त्रता यो सरकारबाट कुण्ठित हुनसक्छ भन्ने आशंका नगर्न पटकपटक आग्रह गरे। सञ्चार जगतप्रतिको आफ्नो गुनासो प्रकट गर्न केही रमाइला उदाहरण र शैली प्रयोग गरे। सरकारले जनस्तरमा आलोचना खेपिरहेका विषयलाई सक्दो प्रष्ट्याउने कोसिस गरे। 

लामो समयपछि सम्पादकहरूलाई भेटेर आफ्ना प्राथमिकता र प्रतिबद्धता प्रष्ट्याउने, सरकारले आलोचना खेपिरहेका विषयहरूसँगै आफ्ना ‘सीमाहरू’ बुझाउने प्रयत्न गरेका प्रधानमन्त्री ओलीले त्यसक्रममा केही अर्थपूर्ण राजनीतिक सन्देश पनि दिए।

प्रमका तीन स्पष्टीकरणः 

१. सरकार स्वतन्त्रताविरोधी होइन, असहिष्णु छैन
बालुवाटार ‘ब्रिफिङ’मा प्रधानमन्त्री ओलीले सरकार स्वतन्त्रताविरोधी नरहेको र स्वतन्त्रता कुण्ठित गर्ने मनसाय सरकारले नराख्ने प्रतिबद्धता पटकपटक दोहोर्‍याए।

‘हामी स्वतन्त्र समाजमा छौं, स्वतन्त्र जीवन बाँच्चौं, अभिव्यक्ति स्वतन्त्रतामा केही पनि खतरा छैन’ भन्दै आफ्नो कुरा राख्न शुरू गरेका उनले त्यसका निम्ति सरकारका तर्फबाट पूर्णरूपमा आश्वस्त हुन आग्रह गरे।

“म स्वतन्त्रताका लागि ५५ वर्ष लडेको छु, स्वतन्त्रताको अभाव कस्तो हुन्छ भन्ने मैले भोगेको छु, त्यसकारण तपाईंहरू आशंकित हुनुपर्ने अवस्था छैन”, उनले भने, “प्रेस स्वतन्त्रतामा बन्देज लगाउने वा कुनै पनि खाले स्वतन्त्रताका हकहरू कुण्ठित गर्ने काम हुँदैन, यसमा विश्वस्त हुनुस्। कुनै कुनै कुरा त्रुटिपूर्वक गएको छ भने पनि सच्याउन नसकिने होइन। ढुक्क हुनुस्, पूर्ण प्रेस स्वतन्त्रता हुन्छ।”

यसो भनिरहँदा प्रधानमन्त्रीले सभ्य समाजमा केही केही ‘रेस्ट्रिक्सन’ राखिनुपर्ने तर्क पनि गरे। आफ्नो स्वतन्त्रताको कुरा गर्दा अरुको स्वतन्त्रता हनन् गर्न नमिल्ने भन्दै त्यसमा सजग हुनुपर्ने बताए। र भने, “यो भनेको प्रेस स्वतन्त्रता कुण्ठित गर्ने नभई प्रेसलाई जिम्मेवार बनाउने कुरा हो। हामीले समृद्धमात्र होइन, मानवीय मूल्यका हिसाबले सभ्य समाज बनाउन खोजेको हो।” 

सरकार असहिष्णु नरहेको र हुन पनि नसक्ने प्रधानमन्त्रीको भनाइ थियो । “मैले तपाईंहरूलाई केही भन्नै नपाउने? तपाईंहरू पनि सहिष्णु बनिदिनुस् न”, प्रधानमन्त्रीले भने, “तपाईंहरूले बलिङ गरेको गर्‍यै गरेपछि मैले पनि ब्याटिङ गर्नैपर्‍यो नि!”

२. ‘मैले कम्प्रोमाइज गर्नुपर्छ’
प्रधानमन्त्री ओलीलाई सम्पादकहरूले सुनाएको अर्को विषय थियो– सरकार जनअपेक्षाअनुसार चल्न सकेन, नागरिकको जीवनमा सरकारले केही भिन्नता ल्याउन सकेन। उनीहरूले सरकारप्रति समाजमा गुनासो र असन्तोष बढ्नुको मुख्य कारणसमेत यही भएको उल्लेख गरेका थिए।

यो प्रसंगमा प्रधानमन्त्री ओलीले लामो पृष्ठभूमि जोडे। आफू प्रधानमन्त्री बन्दा संविधानअनुसार कुनै कानून नबनेको, हतारोमा कैयौं कानून बनाउनुपरेको, त्यसक्रममा आफूले कानूनका ‘फाइनल टच’ हेर्नसम्म नभ्याएको सुनाए।

“घरको छत ढलान गरेपछि रड र सिमेन्ट जोडिएर त्यो पक्का बन्छ तर, २१ दिनसम्म त्यसमा टेको निकालिन्न”, प्रधानमन्त्रीले भने, “के हामीले ल्याएको लोकतन्त्र र संघीयताको टेको निकाल्ने बेला भयो? भर्खरै पार्टी एकता भएको छ, के त्यसको टेको निकाल्ने बेला भयो?”

उनले सबैलाई मिलाएर लिनुपर्ने बाध्यताका कुरा पनि सुनाए। 

“डेमोक्रेसीको प्रतिफल नागरिकको आर्थिक र सामाजिक जीवनमा देखिन समय लाग्छ तर, सामाजिक सुरक्षा, बीमा, रोजगारी लगायतमा थुप्रै पहल भएका पनि छन्”, उनको भनाइ थियो।

“मैले कुनै काम वा निर्णय गर्नुअघि तपाईंहरूलाई सम्झनुपर्छ, प्रमुख प्रतिपक्षलाई सम्झनुपर्छ, संसदमा रहेका दलमात्र होइन संविधानप्रति असन्तुष्ट शक्तिहरूलाई सम्झनुपर्छ, अनि आफ्नै पार्टीलाई पनि सम्झनुपर्छ”, प्रधानमन्त्रीले भने, “महत्वपूर्ण कुरा के हो भने मैले यी सबैमा कम्प्रोमाइज गर्नुपर्ने हुन्छ, भूराजनीतिदेखि धेरै कुरामा कम्प्रोमाइज गर्नुपरेको छ, तर पनि हामीले सन्तुलित रूपमा धेरै कुरा अगाडि बढाएका छौं।”

उनले काठमाडौंका सडकदेखि काठमाडौं शहरको रूप फेरिएको उदाहरण अघि सारे, अनि शान्ति सुरक्षाको अवस्था अहिलेजस्तो पहिले कहिल्यै नभएको दाबी पनि गरे। सँगसँगै देश अब टनेल युगमा प्रवेश गर्न लागेको, व्यापार विविधीकरणको काम भइरहेको, रेलदेखि पानीजहाजसम्मको काम हुनथालेको बताए। इतिहासमा कहिल्यै नपरेका मान्छे कारबाहीमा परेको र भ्रष्टाचार बढेको नभई भ्रष्टाचारीमाथि कारबाही प्रक्रिया अघि बढेकाले भ्रष्टाचार धेरै देखिएको दाबीसमेत गरे, प्रधानमन्त्रीले। 

“डेमोक्रेसीको प्रतिफल नागरिकको आर्थिक र सामाजिक जीवनमा देखिन समय लाग्छ तर, सामाजिक सुरक्षा, बीमा, रोजगारी लगायतमा थुप्रै पहल भएका पनि छन्”, उनको भनाइ थियो।

३. ‘विवादित छैन, कमजोर पनि भएको होइन’
प्रधानमन्त्रीसँगको भेटमा सम्पादकहरूले यती होल्डिङ्सलाई सरकारी जग्गा लिजमा दिएको विषय र बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनालाई सरकारको आलोचना बढ्नुको एउटा प्रमुख कारणका रूपमा औंल्याएका थिए। प्रधानमन्त्रीले यी दुवै विषयमा आफूलाई अनाहकमा विवादमा तानिएको गुनासो गरे।

“ललिता निवासको छानविन मैले नै गर्न लगाएको हुँ, एकातिर सीआईबी र अर्कातिर अख्तियारले छानविन गरिरहेको छ। यसमा दोषी जो भएपनि कारबाहीको भागीदार हुन्छ” प्रधानमन्त्रीले भने, “अनि, यती होल्डिङ्सलाई नारायणहिटी अगाडिदेखि सोल्टीमोडसम्मको जग्गा अघिल्ला सरकारले प्रक्रिया पुर्‍याएरै दिएका रहेछन्। गोकर्ण फरेस्ट रिसोर्ट चाहिँ विदेशीबाट नेपाली कम्पनीले किनेको रहेछ। त्यसबेलाको सरकारले अवधि बढाइदिन्छु भनेकाले उसले किनेको हो, अवधि बढाउने क्रममा प्रतिस्पर्धा र मूल्यांकन पनि गराइएको छ।”

यती होल्डिङ्स र ललिता निवासलगायतका विषय जोडेर आफ्नो आलोचन गरिएको गुनासो गर्दै प्रधानमन्त्रीले भने, “मैले घोटाला गर्छु भन्ने साथीहरूले ठान्नुहुन्न होला भन्ने मेरो विश्वास छ।”

प्रधानमन्त्रीसँग सम्पादकहरूले दुई तिहाइ बहुमतप्राप्त सरकारको प्रस्तुति कमजोर देखिएको र प्रधानमन्त्री स्वयम् पछिल्लो समय आफ्नै पार्टीभित्र कमजोर बन्दै गएको देखिएको बताएका थिए।

“तपाईंहरूलाई यस्तो विश्लेषण कसले सुनाए भन्ने थाहा भएन। तर, म कमजोर भएको छैन, साथीहरूलाई त्यस्तो नलागोस्”, प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई संकेत गर्दै भने, “हामी भर्खर लभ गर्न थालेका केटाकेटीजस्तो होइन, अर्को कसैसँग देखेपछि मुन्टो बटार्ने। के गर्दा एकीकरण मजबुत हुन्छ, त्यही हुन्छ।”

प्रधानमन्त्रीले दिएका तीन सन्देशः

१. ‘किड्नी ट्रान्स्प्लान्ट गर्छु, तीन वर्ष बेस्सरी काम गर्छु’
प्रधानमन्त्री ओली अहिले नियमित डायलासिसमा छन्। १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि गत कात्तिकयता डायलासिस गरिरहेका प्रधानमन्त्रीले छिटै मिर्गौला प्रत्यारोपण गर्न लागिएको बताए।

“तपाईंहरूलाई बताइदिऊँ म छिटै किड्नी ट्रान्स्प्लान्ट गर्दैछु, मेरो किड्नी कमजोर छ, अब किड्नी राख्छु र तीन वर्ष कस्सिएर काम गर्छु”, प्रधानमन्त्री ओलीले भने, “मैले त प्रचण्डजीलाई आलोपालो गरौंला भनेको थिएँ, उहाँले नै अब आलोपालो छाडेर स्थिरता दिने हिसाबले अघि बढौं भन्ने प्रस्ताव ल्याउनुभो।”

नेकपाभित्र पुष्पकमल दाहाललाई ‘कार्यकारी अध्यक्ष’ बनाउने निर्णयसँगै ‘आलोपालो प्रधानमन्त्री’को विषय टुंगिए पनि गुट–गुट जोडिने, नयाँ गुट बन्ने प्रक्रिया यथावत् छ। कतिसम्म भने, भर्खरै उपाध्यक्ष बनेका वामदेव गौतमले समेत प्रधानमन्त्रीमा दाबी गर्न छाडेका छैनन्। प्रधानमन्त्री ओलीले ‘चाँडै किड्नी ट्रान्स्प्लान्ट गर्ने, तीन वर्ष कस्सिएर काम गर्ने’ घोषणामार्फत् त्यतिञ्जेल सरकार र पार्टी दुवैतिर कार्यकारी भूमिका नखोज्न आफ्नै पार्टी पंक्तिलाई प्रष्ट सन्देश दिएका छन्।

२. ‘भ्रम नराखौं, एमसीसी चाँडै पारित हुन्छ’
यतिखेर सत्तारुढ नेकपाभित्र कुनै संकट छ भने त्यो हो– एमसीसीले निम्त्याएको विवाद। अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले नेकपालाई कतिसम्म अप्ठेरोमा पारेको छ भन्ने केन्द्रीय कमिटी बैठकसमेत यसबारे अनिर्णित बनेर कार्यदल गठन गर्नुबाट प्रष्ट हुन्छ। कतिपयको भनाइ छ– एमसीसी तुहियो भने नेकपाकै कारण तुहिन्छ।

तर, प्रधानमन्त्री ओलीले एमसीसीबारे कुनै भ्रम नरहेको र प्रतिनिधि सभाबाट यो चाँडै पारित हुने बताए। “त्यो सम्झौता मलाई हटाएको सरकारले गरेको थियो तर, मैले त्यसबेला पनि यो ठीक हो भनेको हुँ, अहिले पनि ठीक हो भन्छु”, उनले भने, “यसलाई अगाडि बढाउनुपर्छ। प्रतिनिधि सभाको यही अधिवेशनले चाँडै एमसीसी अनुमोदन गर्छ।”

प्रधानमन्त्रीले भने झैं एमसीसी यति सहज होला त? नेकपाका एक स्थायी समिति सदस्यले भने, “ओली कमरेड र प्रचण्ड कमरेडले हुन्छ भन्नसाथ पारित भइहाल्छ नि !”

“मेरा कुरा वा काम मन पर्दैनन् भने मलाई गाली गर्नुभए हुन्छ तर, जनतालाई निराश पार्ने काम नगरौं”, प्रधानमन्त्री ओलीले भने, “जनतामा आशावादिता र आत्मविश्वास रहिरह्यो भने मात्र देश बन्न सक्छ, जनता निराश भए भने देश बर्बाद हुन्छ।”

३. ‘सुझावलाई गम्भीरतापूर्वक लिन्छु’ 
प्रधानमन्त्री ओलीका आलोचकहरू भन्ने गर्छन्– अरुका कुरा नसुन्नु उनको कमजोर कडी हो। तर, सम्पादकहरूसँगको भेटमा उनी भिन्नै रूपमा देखापरे।

करीब दुई घण्टा ध्यानपूर्वक कुरा सुने, अनि आफ्नो कुरा राखे। आफ्ना मान्यता, धारणा, प्राथमिकता र गतिविधि प्रष्ट्याउने क्रममा पनि उनी निकै सजग देखिए। सम्पादकहरूसँग आफूले सहयोगको अपेक्षा गरेको प्रष्ट्याए।

“मेरा कुरा वा काम मन पर्दैनन् भने मलाई गाली गर्नुभए हुन्छ तर, जनतालाई निराश पार्ने काम नगरौं”, प्रधानमन्त्री ओलीले भने, “जनतामा आशावादिता र आत्मविश्वास रहिरह्यो भनेमात्र देश बन्न सक्छ, जनता निराश भए भने देश बर्बाद हुन्छ।”

उनले समस्यारहित कुनै देश नहुने भन्दै समस्यालाई समाधान गरि‌ंदै लैजाने बताए। “समस्या नभएको होइन, समस्या छन्, तर समस्यारहित देश कुन हुन्छ र?”, प्रधानमन्त्रीको भनाइ थियो, “तपाईंहरूका सुझावलाई मैले गम्भीरतापूर्वक लिएको छु।”

" /> काठमाडौं। २१ माघ अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारस्थित सरकारी निवासमा अनलाइन तथा छापा माध्यमका सम्पादकहरूलाई निम्त्याइएको थियो।

"> बालुवाटार ब्रिफिङ: प्रधानमन्त्रीका तीन सन्देश, तीन स्पष्टीकरण: Dekhapadhi
बालुवाटार ब्रिफिङ: प्रधानमन्त्रीका तीन सन्देश, तीन स्पष्टीकरण <p style="text-align:justify">काठमाडौं। २१ माघ अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारस्थित सरकारी निवासमा अनलाइन तथा छापा माध्यमका सम्पादकहरूलाई निम्त्याइएको थियो।</p> <p style="text-align:justify">निवासको बैठक कक्षमा भेला भएका सम्पादकहरूमाझ प्रधानमन्त्री आइपुग्नेबित्तिकै प्रेस सल्लाहकार सूर्य थापाले भने-&nbsp;&ldquo;सबभन्दा पहिले प्रधानमन्त्रीज्यूले सम्पादकहरूका गुनासा सुन्नुहुन्छ, त्यसपछि आफ्ना भनाइ&nbsp;राख्नुहुन्छ। कार्यक्रमको मोडालिटी यसैगरी बनाइएको छ।&rdquo;</p> <p style="text-align:justify">तर, थापालाई बीचमै रोकेर प्रधानमन्त्री ओलीले भनिहाले&ndash; &ldquo;म केही संशोधन गर्छु, तपाईंहरूले जिज्ञासा मात्र होइन, मन्तव्य नै राख्न सक्नुहुन्छ।&rdquo;&nbsp;</p> <p style="text-align:justify">प्रधानमन्त्री सम्पादकहरूका कुरा सुन्ने &lsquo;मूड&rsquo;मा देखिन्थे। त्यसैले शुरूमै भनिहाले&ndash; &ldquo;बेलुकी आठ बजेसम्म तपाईंहरू यतै इंगेज हुने कार्यक्रम छ, समय मिलाउनुहोला!&rdquo;</p> <p style="text-align:justify">सरकारले संसदमा पुर्&zwj;याएका मिडिया काउन्सिल विधेयक र सूचना प्रविधिसम्बन्धी विधेयकमा प्रस्तावित प्रावधानमार्फत् प्रेस स्वतन्त्रता र विचार तथा अभिव्यक्तिको स्वतन्त्रता खुम्च्याउने प्रयास गरिएको टिप्पणी भइरहेका बेला सम्पादकहरूले त्यसबारे नै धेरै जिज्ञासा राखेका थिए।</p> <p style="text-align:justify">उनीहरूको मुख्य सरोकार थियो&ndash; प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्न खोजिएको आशंका किन भइरहेको छ? शाहीकालमा जस्तै नियन्त्रणकारी कानूनका मस्यौदा किन बनिरहेका छन्?&nbsp;</p> <p style="text-align:justify">प्रधानमन्त्री ओलीले केही समयअघि व्यवसायीहरूसँगको एक भेटमा &lsquo;सरकारले गरेका राम्रा कामबारे लेख्ने मुटु भएका सम्पादक नै नभएको&rsquo; टिप्पणी गरेका थिए। त्यसले सम्पादक र सञ्चारजगत मात्र होइन, अरु पेशाकर्मीलाई समेत तरंगित पारेको थियो। प्रधानमन्त्रीको भनाइको प्रतिवादमा कतिपयले लेख नै लेखे। सामाजिक सञ्जालमा त त्यसले अहिलेसम्म पनि चर्चा पाइरहेको छ। यसलाई नै संकेत गरेर सम्पादकहरूले प्रधानमन्त्रीलाई सोधेका थिए&ndash; सरकार आफ्नो आलोचना पनि सुन्न नसक्ने गरी असहिष्णु बन्न थालेको हो?</p> <p style="text-align:justify">करीब दुई घण्टा सम्पादकका जिज्ञासा र गुनासा सुनेपछि प्रधानमन्त्री ओलीले आफ्नो भनाइ राखे। त्यसक्रममा उनले प्रेस स्वतन्त्रता मात्र होइन, कुनै पनि स्वतन्त्रता यो सरकारबाट कुण्ठित हुनसक्छ भन्ने आशंका नगर्न पटकपटक आग्रह गरे। सञ्चार जगतप्रतिको आफ्नो गुनासो प्रकट गर्न केही रमाइला उदाहरण र शैली प्रयोग गरे। सरकारले जनस्तरमा आलोचना खेपिरहेका विषयलाई सक्दो प्रष्ट्याउने कोसिस गरे।&nbsp;</p> <p style="text-align:center"><img alt="" height="533" src="https://www.dekhapadhi.com/storage/photos/shares/Politics/Pm_kkp_oli_With_Editors.JPG" width="800" /></p> <p style="text-align:justify">लामो समयपछि सम्पादकहरूलाई भेटेर आफ्ना प्राथमिकता र प्रतिबद्धता प्रष्ट्याउने, सरकारले आलोचना खेपिरहेका विषयहरूसँगै आफ्ना &lsquo;सीमाहरू&rsquo; बुझाउने प्रयत्न गरेका प्रधानमन्त्री ओलीले त्यसक्रममा केही अर्थपूर्ण राजनीतिक सन्देश पनि दिए।</p> <p style="text-align:justify"><strong>प्रमका तीन स्पष्टीकरणः&nbsp;</strong></p> <p style="text-align:justify"><strong>१. सरकार स्वतन्त्रताविरोधी होइन, असहिष्णु छैन</strong><br /> बालुवाटार &lsquo;ब्रिफिङ&rsquo;मा प्रधानमन्त्री ओलीले सरकार स्वतन्त्रताविरोधी नरहेको र स्वतन्त्रता कुण्ठित गर्ने मनसाय सरकारले नराख्ने प्रतिबद्धता पटकपटक दोहोर्&zwj;याए।</p> <p style="text-align:justify">&lsquo;हामी स्वतन्त्र समाजमा छौं, स्वतन्त्र जीवन बाँच्चौं, अभिव्यक्ति स्वतन्त्रतामा केही पनि खतरा छैन&rsquo; भन्दै आफ्नो कुरा राख्न शुरू गरेका उनले त्यसका निम्ति सरकारका तर्फबाट पूर्णरूपमा आश्वस्त हुन आग्रह गरे।</p> <p style="text-align:justify">&ldquo;म स्वतन्त्रताका लागि ५५ वर्ष लडेको छु, स्वतन्त्रताको अभाव कस्तो हुन्छ भन्ने मैले भोगेको छु, त्यसकारण तपाईंहरू आशंकित हुनुपर्ने अवस्था छैन&rdquo;, उनले भने, &ldquo;प्रेस स्वतन्त्रतामा बन्देज लगाउने वा कुनै पनि खाले स्वतन्त्रताका हकहरू कुण्ठित गर्ने काम हुँदैन, यसमा विश्वस्त हुनुस्। कुनै कुनै कुरा त्रुटिपूर्वक गएको छ भने पनि सच्याउन नसकिने होइन। ढुक्क हुनुस्, पूर्ण प्रेस स्वतन्त्रता हुन्छ।&rdquo;</p> <p style="text-align:justify">यसो भनिरहँदा प्रधानमन्त्रीले सभ्य समाजमा केही केही &lsquo;रेस्ट्रिक्सन&rsquo; राखिनुपर्ने तर्क पनि गरे। आफ्नो स्वतन्त्रताको कुरा गर्दा अरुको स्वतन्त्रता हनन् गर्न नमिल्ने भन्दै त्यसमा सजग हुनुपर्ने बताए। र भने, &ldquo;यो भनेको प्रेस स्वतन्त्रता कुण्ठित गर्ने नभई प्रेसलाई जिम्मेवार बनाउने कुरा हो। हामीले समृद्धमात्र होइन, मानवीय मूल्यका हिसाबले सभ्य समाज बनाउन खोजेको हो।&rdquo;&nbsp;</p> <p style="text-align:justify">सरकार असहिष्णु नरहेको र हुन पनि नसक्ने प्रधानमन्त्रीको भनाइ&nbsp;थियो । &ldquo;मैले तपाईंहरूलाई केही भन्नै नपाउने? तपाईंहरू पनि सहिष्णु बनिदिनुस् न&rdquo;, प्रधानमन्त्रीले भने, &ldquo;तपाईंहरूले बलिङ गरेको गर्&zwj;यै गरेपछि मैले पनि ब्याटिङ गर्नैपर्&zwj;यो&nbsp;नि!&rdquo;</p> <p style="text-align:justify"><strong>२. &lsquo;मैले कम्प्रोमाइज गर्नुपर्छ&rsquo;</strong><br /> प्रधानमन्त्री ओलीलाई सम्पादकहरूले सुनाएको अर्को विषय थियो&ndash; सरकार जनअपेक्षाअनुसार चल्न सकेन, नागरिकको जीवनमा सरकारले केही भिन्नता ल्याउन सकेन। उनीहरूले सरकारप्रति समाजमा गुनासो र असन्तोष बढ्नुको मुख्य कारणसमेत यही भएको उल्लेख गरेका थिए।</p> <p style="text-align:justify">यो प्रसंगमा प्रधानमन्त्री ओलीले लामो पृष्ठभूमि जोडे। आफू प्रधानमन्त्री बन्दा संविधानअनुसार कुनै कानून नबनेको, हतारोमा कैयौं कानून बनाउनुपरेको, त्यसक्रममा आफूले कानूनका &lsquo;फाइनल टच&rsquo; हेर्नसम्म नभ्याएको सुनाए।</p> <p style="text-align:justify">&ldquo;घरको छत ढलान गरेपछि रड र सिमेन्ट जोडिएर त्यो पक्का बन्छ तर, २१ दिनसम्म त्यसमा टेको निकालिन्न&rdquo;, प्रधानमन्त्रीले भने, &ldquo;के हामीले ल्याएको लोकतन्त्र र संघीयताको टेको निकाल्ने बेला भयो? भर्खरै पार्टी एकता भएको छ, के त्यसको टेको निकाल्ने बेला भयो?&rdquo;</p> <p style="text-align:justify">उनले सबैलाई मिलाएर लिनुपर्ने बाध्यताका कुरा पनि सुनाए।&nbsp;</p> <blockquote> <p style="text-align:justify">&ldquo;डेमोक्रेसीको प्रतिफल नागरिकको आर्थिक र सामाजिक जीवनमा देखिन समय लाग्छ तर, सामाजिक सुरक्षा, बीमा, रोजगारी लगायतमा थुप्रै पहल भएका पनि छन्&rdquo;, उनको भनाइ थियो।</p> </blockquote> <p style="text-align:justify">&ldquo;मैले कुनै काम वा निर्णय गर्नुअघि तपाईंहरूलाई सम्झनुपर्छ, प्रमुख प्रतिपक्षलाई सम्झनुपर्छ, संसदमा रहेका दलमात्र होइन संविधानप्रति असन्तुष्ट शक्तिहरूलाई सम्झनुपर्छ, अनि आफ्नै पार्टीलाई पनि सम्झनुपर्छ&rdquo;, प्रधानमन्त्रीले भने, &ldquo;महत्वपूर्ण कुरा के हो भने मैले यी सबैमा कम्प्रोमाइज गर्नुपर्ने हुन्छ, भूराजनीतिदेखि धेरै कुरामा कम्प्रोमाइज गर्नुपरेको छ, तर पनि हामीले सन्तुलित रूपमा धेरै कुरा अगाडि बढाएका छौं।&rdquo;</p> <p style="text-align:justify">उनले काठमाडौंका सडकदेखि काठमाडौं शहरको रूप फेरिएको उदाहरण अघि सारे, अनि शान्ति सुरक्षाको अवस्था अहिलेजस्तो पहिले कहिल्यै नभएको दाबी पनि गरे। सँगसँगै देश अब टनेल युगमा प्रवेश गर्न लागेको, व्यापार विविधीकरणको काम भइरहेको, रेलदेखि पानीजहाजसम्मको काम हुनथालेको बताए। इतिहासमा कहिल्यै नपरेका मान्छे कारबाहीमा परेको र भ्रष्टाचार बढेको नभई भ्रष्टाचारीमाथि कारबाही प्रक्रिया अघि बढेकाले भ्रष्टाचार धेरै देखिएको दाबीसमेत गरे, प्रधानमन्त्रीले।&nbsp;</p> <p style="text-align:justify">&ldquo;डेमोक्रेसीको प्रतिफल नागरिकको आर्थिक र सामाजिक जीवनमा देखिन समय लाग्छ तर, सामाजिक सुरक्षा, बीमा, रोजगारी लगायतमा थुप्रै पहल भएका पनि छन्&rdquo;, उनको भनाइ थियो।</p> <p style="text-align:justify"><strong>३. &lsquo;विवादित छैन, कमजोर पनि भएको होइन&rsquo;</strong><br /> प्रधानमन्त्रीसँगको भेटमा सम्पादकहरूले यती होल्डिङ्सलाई सरकारी जग्गा लिजमा दिएको विषय र बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनालाई सरकारको आलोचना बढ्नुको एउटा प्रमुख कारणका रूपमा औंल्याएका थिए। प्रधानमन्त्रीले यी दुवै विषयमा आफूलाई अनाहकमा विवादमा तानिएको गुनासो गरे।</p> <p style="text-align:justify">&ldquo;ललिता निवासको छानविन मैले नै गर्न लगाएको हुँ, एकातिर सीआईबी र अर्कातिर अख्तियारले छानविन गरिरहेको छ। यसमा दोषी जो भएपनि कारबाहीको भागीदार हुन्छ&rdquo; प्रधानमन्त्रीले भने, &ldquo;अनि, यती होल्डिङ्सलाई नारायणहिटी अगाडिदेखि सोल्टीमोडसम्मको जग्गा अघिल्ला सरकारले प्रक्रिया पुर्&zwj;याएरै दिएका रहेछन्। गोकर्ण फरेस्ट रिसोर्ट चाहिँ विदेशीबाट नेपाली कम्पनीले किनेको रहेछ। त्यसबेलाको सरकारले अवधि बढाइदिन्छु भनेकाले उसले किनेको हो, अवधि बढाउने क्रममा प्रतिस्पर्धा र मूल्यांकन पनि गराइएको छ।&rdquo;</p> <p style="text-align:justify">यती होल्डिङ्स र ललिता निवासलगायतका विषय जोडेर आफ्नो आलोचन गरिएको गुनासो गर्दै प्रधानमन्त्रीले भने, &ldquo;मैले घोटाला गर्छु भन्ने साथीहरूले ठान्नुहुन्न होला भन्ने मेरो विश्वास छ।&rdquo;</p> <p style="text-align:justify">प्रधानमन्त्रीसँग सम्पादकहरूले दुई तिहाइ&nbsp;बहुमतप्राप्त सरकारको प्रस्तुति कमजोर देखिएको र प्रधानमन्त्री स्वयम् पछिल्लो समय आफ्नै पार्टीभित्र कमजोर बन्दै गएको देखिएको बताएका थिए।</p> <p style="text-align:justify">&ldquo;तपाईंहरूलाई यस्तो विश्लेषण कसले सुनाए भन्ने थाहा भएन।&nbsp;तर, म कमजोर भएको छैन, साथीहरूलाई त्यस्तो नलागोस्&rdquo;, प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई संकेत गर्दै भने, &ldquo;हामी भर्खर लभ गर्न थालेका केटाकेटीजस्तो होइन, अर्को कसैसँग देखेपछि मुन्टो बटार्ने। के गर्दा एकीकरण मजबुत हुन्छ, त्यही हुन्छ।&rdquo;</p> <p style="text-align:center"><img alt="" height="533" src="https://www.dekhapadhi.com/storage/photos/shares/Politics/Pm_kp_oli_With_Editors-1.JPG" width="800" /></p> <p style="text-align:justify"><strong>प्रधानमन्त्रीले दिएका तीन सन्देशः</strong></p> <p style="text-align:justify"><strong>१. &lsquo;किड्नी ट्रान्स्प्लान्ट गर्छु, तीन वर्ष बेस्सरी काम गर्छु&rsquo;</strong><br /> प्रधानमन्त्री ओली अहिले नियमित डायलासिसमा छन्। १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि गत कात्तिकयता डायलासिस गरिरहेका प्रधानमन्त्रीले छिटै मिर्गौला प्रत्यारोपण गर्न लागिएको बताए।</p> <p style="text-align:justify">&ldquo;तपाईंहरूलाई बताइदिऊँ म छिटै किड्नी ट्रान्स्प्लान्ट गर्दैछु, मेरो किड्नी कमजोर छ, अब किड्नी राख्छु र तीन वर्ष कस्सिएर काम गर्छु&rdquo;, प्रधानमन्त्री ओलीले भने, &ldquo;मैले त प्रचण्डजीलाई आलोपालो गरौंला भनेको थिएँ, उहाँले नै अब आलोपालो छाडेर स्थिरता दिने हिसाबले अघि बढौं भन्ने प्रस्ताव ल्याउनुभो।&rdquo;</p> <p style="text-align:justify">नेकपाभित्र पुष्पकमल दाहाललाई &lsquo;कार्यकारी अध्यक्ष&rsquo; बनाउने निर्णयसँगै &lsquo;आलोपालो प्रधानमन्त्री&rsquo;को विषय टुंगिए पनि गुट&ndash;गुट जोडिने, नयाँ गुट बन्ने प्रक्रिया यथावत् छ। कतिसम्म भने, भर्खरै उपाध्यक्ष बनेका वामदेव गौतमले समेत प्रधानमन्त्रीमा दाबी गर्न छाडेका छैनन्। प्रधानमन्त्री ओलीले &lsquo;चाँडै किड्नी ट्रान्स्प्लान्ट गर्ने, तीन वर्ष कस्सिएर काम गर्ने&rsquo; घोषणामार्फत् त्यतिञ्जेल सरकार र पार्टी दुवैतिर कार्यकारी भूमिका नखोज्न आफ्नै पार्टी पंक्तिलाई प्रष्ट सन्देश दिएका छन्।</p> <p style="text-align:justify"><strong>२. &lsquo;भ्रम नराखौं, एमसीसी चाँडै पारित हुन्छ&rsquo;</strong><br /> यतिखेर सत्तारुढ नेकपाभित्र कुनै संकट छ भने त्यो हो&ndash; एमसीसीले निम्त्याएको विवाद। अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले नेकपालाई कतिसम्म अप्ठेरोमा पारेको छ भन्ने केन्द्रीय कमिटी बैठकसमेत यसबारे अनिर्णित बनेर कार्यदल गठन गर्नुबाट प्रष्ट हुन्छ। कतिपयको भनाइ&nbsp;छ&ndash; एमसीसी तुहियो भने नेकपाकै कारण तुहिन्छ।</p> <p style="text-align:justify">तर, प्रधानमन्त्री ओलीले एमसीसीबारे कुनै भ्रम नरहेको र प्रतिनिधि सभाबाट यो चाँडै पारित हुने बताए। &ldquo;त्यो सम्झौता मलाई हटाएको सरकारले गरेको थियो तर, मैले त्यसबेला पनि यो ठीक हो भनेको हुँ, अहिले पनि ठीक हो भन्छु&rdquo;, उनले भने, &ldquo;यसलाई अगाडि बढाउनुपर्छ। प्रतिनिधि सभाको यही अधिवेशनले चाँडै एमसीसी अनुमोदन गर्छ।&rdquo;</p> <p style="text-align:justify">प्रधानमन्त्रीले भने झैं एमसीसी यति सहज होला त? नेकपाका एक स्थायी समिति सदस्यले भने, &ldquo;ओली कमरेड र प्रचण्ड कमरेडले हुन्छ भन्नसाथ पारित भइहाल्छ नि !&rdquo;</p> <blockquote> <p style="text-align:justify">&ldquo;मेरा कुरा वा काम मन पर्दैनन् भने मलाई गाली गर्नुभए हुन्छ तर,&nbsp;जनतालाई निराश पार्ने काम नगरौं&rdquo;, प्रधानमन्त्री ओलीले भने, &ldquo;जनतामा आशावादिता र आत्मविश्वास रहिरह्यो भने मात्र देश बन्न सक्छ, जनता निराश भए भने देश बर्बाद हुन्छ।&rdquo;</p> </blockquote> <p style="text-align:justify"><strong>३. &lsquo;सुझावलाई गम्भीरतापूर्वक लिन्छु&rsquo;&nbsp;</strong><br /> प्रधानमन्त्री ओलीका आलोचकहरू भन्ने गर्छन्&ndash; अरुका कुरा नसुन्नु उनको कमजोर कडी हो। तर, सम्पादकहरूसँगको भेटमा उनी भिन्नै रूपमा देखापरे।</p> <p style="text-align:justify">करीब दुई घण्टा ध्यानपूर्वक कुरा सुने, अनि आफ्नो कुरा राखे। आफ्ना मान्यता, धारणा, प्राथमिकता र गतिविधि प्रष्ट्याउने क्रममा पनि उनी निकै सजग देखिए। सम्पादकहरूसँग आफूले सहयोगको अपेक्षा गरेको प्रष्ट्याए।</p> <p style="text-align:justify">&ldquo;मेरा कुरा वा काम मन पर्दैनन् भने मलाई गाली गर्नुभए हुन्छ तर,&nbsp;जनतालाई निराश पार्ने काम नगरौं&rdquo;, प्रधानमन्त्री ओलीले भने, &ldquo;जनतामा आशावादिता र आत्मविश्वास रहिरह्यो भनेमात्र देश बन्न सक्छ, जनता निराश भए भने देश बर्बाद हुन्छ।&rdquo;</p> <p style="text-align:justify">उनले समस्यारहित कुनै देश नहुने भन्दै समस्यालाई समाधान गरि&zwnj;ंदै लैजाने बताए।&nbsp;&ldquo;समस्या नभएको होइन, समस्या छन्, तर समस्यारहित देश कुन हुन्छ र?&rdquo;, प्रधानमन्त्रीको भनाइ&nbsp;थियो, &ldquo;तपाईंहरूका सुझावलाई मैले गम्भीरतापूर्वक लिएको छु।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्