चितवन। नोबल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याइएको छ। भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो।
नागरिक उड्डययन प्राधिकरण भरतपुरले २१ माघमा महानगरपालिकालाई पत्रचार गरी स्वास्थ्य कक्ष सञ्चालन गरिदिन अनुरोध गरेको थियो। प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा सो कक्ष स्थापना गरिएको हो।
महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका सहसंयोजक सूर्य तिवारीका अनुसार एक चिकित्सक, एक प्यारामेडिक्स र एक नर्सिङ स्टाफ कक्षमा छन्। उनीहरूले जहाजबाट झरेका यात्रुको अवस्था बुझेर शङ्कास्पद देखिएमा तत्काल अस्पताल पठाउने छन्।
चीन र चीन ‘ट्रान्जिट’ भएर विदेशबाट आएका यात्रु र रुघाखोकी लागेका यात्रुको स्वास्थ्य परीक्षण गरिनेछ। ती बिरामीमा कोरोना भाइरसको लक्षण देखिएमा भरतपुर अस्पतालमा रहेको ‘आइसोलेसन’ कक्षमा पठाइने व्यवस्था मिलाइनेछ।
नागरिक उड्डययन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले चितवन पर्यटकीय जिल्लासमेत भएकाले विदेशी र स्वदेशी यात्रु धेरै आउने भएकाले जोखिम हुन सक्ने भन्दै बेलैमा सजग भएर स्वास्थ्य कक्ष स्थापना गरिएको बताए।
भरतपुर विमानस्थलबाट काठमाडौं र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन्। ती जहाजबाट दैनिक ८०० हाराहारी यात्रु आवतजावत गर्दछन्।
" /> चितवन। नोबल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याइएको छ। भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो।नागरिक उड्डययन प्राधिकरण भरतपुरले २१ माघमा महानगरपालिकालाई पत्रचार गरी स्वास्थ्य कक्ष सञ्चालन गरिदिन अनुरोध गरेको थियो। प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा सो कक्ष स्थापना गरिएको हो।

">