काठमाडौं। चीन भन्नासाथ अहिले तपाईंको मनमा के आउँछ ? त्यसमाथि त्यहाँको हुबेई प्रान्त भन्यो भने ? पक्कै पनि नोबेल कोरोना भाइरसले आक्रान्त बस्ती आउँछ, होइन त ? हुन पनि त्यहाँ त्रासको साम्राज्य छ, अहिले।

पक्कै पनि चीनको हुबेई प्रान्तबाट शुरू भएको नोबेल कोरोना भाइरसको संक्रमण अहिले फैलँदो क्रममा छ। उद्‍गम भएकाले हुबेई प्रान्तमा जोखिम बढी नै छ। स्कुल, कलेज, विश्वविद्यालय, बजार सबै बन्द भएका छन् त्यहाँ।

के यस्तो वातावरणमा नयाँ जीवनको परिकल्पना हुन सक्छ ? कल्पना पनि मुस्किल छ।

तर, यो सन्त्रस्त शहरमा एक शिशु नयाँ जीवन लिएर आएका छन्। चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले सार्वजनिक गरेको भिडिओमा हुबेई प्रान्तको एक अस्पतालको प्रसूति कक्षमा चिकित्सकहरूले नवजात शिशुलाई जाँचका लागि लग्दै गरेको देखिन्छ। तर, संक्रमणबाट जोगिन सिंगो शरीर ढाकिने पोशाक लगाएका चारजना चिकित्सकहरू भने हँसिलो मुद्रामा देखिन्छन्।

यी शिशुलाई २७ वर्षे आमाले जन्म दिएको जनाइएको छ। यी युवती कोरोना भाइरसबाट संक्रमित भएको शंका गरिएपछि अस्पताल भर्ना गरिएको थियो। उनी अहिले पनि उपचारकै क्रममा छिन्।

ती आमाको शल्यक्रिया गर्ने चिकित्सकले उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र सुत्केरी हुने समय नजिकिँदै गएपछि शल्यक्रिया गरिएको बताएका छन्। पेटमा बच्चा भएकाले उनले आवश्यक पूर्ण उपचार पाएकी थिइनन्।

अस्पतालबाट संक्रमण नफैलियोस् भनेर तीन किलोभन्दा बढी तौल भएका नवजात शिशुलाई तुरुन्तै घर पठाइएको छ।

चिकित्सकहरूले उनको शल्यक्रिया निकै नै खतरनाक रहेको बताएका छन्। उनलाई निरन्तर अविराम खोकी लागिरहेको थियो। हनहनी ज्वरो आइरहेको थियो।

वुहान युनियन अस्पतालका बालरोग तथा स्त्रीरोग विभागका कार्यकारी निर्देशक झाउ यिनको नेतृत्वमा एक घण्टा लामो शल्यक्रिया भएको थियो। उनले दुई-दुईवटा सुरक्षा कवच, मास्क र चश्मा लगाएका थिए।

“म मुस्किलले देख्न र सुन्न सक्थेँ”, उनले स्थानीय टेलिभिजनसँग भने, “र, पसिनाले भुतुक्कै भएको थिएँ।”

आमाको नाम सिआओयान मात्रै बताइएको छ। जनवरीको शुरूमा उनलाई संक्रमणको शंका गरिँदा उनको गर्भ ३७ हप्ता पुगेको थियो। स्थानीय टेलिभिजनका अनुसार उनमा कोरोना भाइरसको संक्रमण छ, छैन भन्ने अझै निश्चित भइसकेको छैन।

– रोयटर्स र टेलिग्राफको समाचारमा आधारित

" /> काठमाडौं। चीन भन्नासाथ अहिले तपाईंको मनमा के आउँछ ? त्यसमाथि त्यहाँको हुबेई प्रान्त भन्यो भने ? पक्कै पनि नोबेल कोरोना भाइरसले आक्रान्त बस्ती आउँछ, होइन त ? हुन पनि त्यहाँ त्रासको साम्राज्य छ, अहिले।

पक्कै पनि चीनको हुबेई प्रान्तबाट शुरू भएको नोबेल कोरोना भाइरसको संक्रमण अहिले फैलँदो क्रममा छ। उद्‍गम भएकाले हुबेई प्रान्तमा जोखिम बढी नै छ। स्कुल, कलेज, विश्वविद्यालय, बजार सबै बन्द भएका छन् त्यहाँ।

के यस्तो वातावरणमा नयाँ जीवनको परिकल्पना हुन सक्छ ? कल्पना पनि मुस्किल छ।

तर, यो सन्त्रस्त शहरमा एक शिशु नयाँ जीवन लिएर आएका छन्। चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले सार्वजनिक गरेको भिडिओमा हुबेई प्रान्तको एक अस्पतालको प्रसूति कक्षमा चिकित्सकहरूले नवजात शिशुलाई जाँचका लागि लग्दै गरेको देखिन्छ। तर, संक्रमणबाट जोगिन सिंगो शरीर ढाकिने पोशाक लगाएका चारजना चिकित्सकहरू भने हँसिलो मुद्रामा देखिन्छन्।

यी शिशुलाई २७ वर्षे आमाले जन्म दिएको जनाइएको छ। यी युवती कोरोना भाइरसबाट संक्रमित भएको शंका गरिएपछि अस्पताल भर्ना गरिएको थियो। उनी अहिले पनि उपचारकै क्रममा छिन्।

ती आमाको शल्यक्रिया गर्ने चिकित्सकले उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र सुत्केरी हुने समय नजिकिँदै गएपछि शल्यक्रिया गरिएको बताएका छन्। पेटमा बच्चा भएकाले उनले आवश्यक पूर्ण उपचार पाएकी थिइनन्।

अस्पतालबाट संक्रमण नफैलियोस् भनेर तीन किलोभन्दा बढी तौल भएका नवजात शिशुलाई तुरुन्तै घर पठाइएको छ।

चिकित्सकहरूले उनको शल्यक्रिया निकै नै खतरनाक रहेको बताएका छन्। उनलाई निरन्तर अविराम खोकी लागिरहेको थियो। हनहनी ज्वरो आइरहेको थियो।

वुहान युनियन अस्पतालका बालरोग तथा स्त्रीरोग विभागका कार्यकारी निर्देशक झाउ यिनको नेतृत्वमा एक घण्टा लामो शल्यक्रिया भएको थियो। उनले दुई-दुईवटा सुरक्षा कवच, मास्क र चश्मा लगाएका थिए।

“म मुस्किलले देख्न र सुन्न सक्थेँ”, उनले स्थानीय टेलिभिजनसँग भने, “र, पसिनाले भुतुक्कै भएको थिएँ।”

आमाको नाम सिआओयान मात्रै बताइएको छ। जनवरीको शुरूमा उनलाई संक्रमणको शंका गरिँदा उनको गर्भ ३७ हप्ता पुगेको थियो। स्थानीय टेलिभिजनका अनुसार उनमा कोरोना भाइरसको संक्रमण छ, छैन भन्ने अझै निश्चित भइसकेको छैन।

अस्पतालबाट संक्रमण नफैलियोस् भनेर तीन किलोभन्दा बढी तौल भएका नवजात शिशुलाई तुरुन्तै घर पठाइएको छ।

– रोयटर्स र टेलिग्राफको समाचारमा आधारित

"> नोबेल कोरोनाको प्रकोप चिर्दै जन्मियो स्वस्थ शिशु: Dekhapadhi
नोबेल कोरोनाको प्रकोप चिर्दै जन्मियो स्वस्थ शिशु

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्