काठमाडौं। चीनबाट फर्काइने नागरिक राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्र छनोट गरिएको छ।

मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजनमा २२ माघमा सिंहदरबारमा बसेको बैठकले खरिपाटीको तालिम केन्द्र छनोट गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेको हो ।

प्रस्तावमा समर्थन जनाएका प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने जवाफ दिएका छन्।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले खरिपाटीको विद्युत् प्राधिकरणको तालिम केन्द्र सबैको रोजाइमा परेको, तर मन्त्रिपरिषद्बाट औपचारिक निर्णय हुन बाँकी रहेको बताए।

"चार-पाँचवटा सम्भावित स्थानबारे छलफल भयो, तीमध्ये सुरक्षित खरिपाटी तालिम केन्द्र नै भएको निष्कर्ष निकालिएको छ," मन्त्री ढकालले नयाँ पत्रिकासँग भने।

हुबेई प्रान्तका ६ स्थानका १८० नेपालीले स्वदेश फर्किनका लागि बेइजिङस्थित नेपाली दूतावासमा फारम भरिसकेका छन्।

उनीहरू सबैलाई एकै स्थानमा राख्ने गरी सरकारी अधिकारीले कार्ययोजना बनाएका छन्।

१९ वटा मात्रै कोठा खाली रहेको भन्दै उक्त तालिम केन्द्रमा प्रतिकोठा तीनजनाका दरले ५७ जना मात्रै राख्न सकिने निष्कर्ष निकालिएको थियो।

तर, सबै कोठा खाली गर्दा वुहानबाट ल्याइने सबै अटाउने देखिएपछि सेनाले यही तालिम केन्द्र प्रस्ताव गरेको हो।

रक्षा मन्त्रालयको समन्वयमा उनीहरूको उडान, उपचार, सुरक्षा र खाने-बस्ने बन्दोबस्तको व्यवस्था गरिएको छ।

१४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेपछि मात्रै घर फर्काउने योजना बनाइएको छ।

यसअघि सेनाको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रलाई पनि सम्भावित क्वारेन्टाइनका रूपमा प्रस्ताव गरिएको थियो।

आजको नयाँ पत्रिकाको समााचार अनुसार मन्त्रिपरिषद्को औपचारिक निर्णयबाट क्वारेन्टाइन टुंगिएको एक साताभित्र चीनबाट नागरिक ल्याउने र सुरक्षित राख्ने वचन सेनाले दिएको छ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सुरक्षाको सबै जिम्मा सेनाले लिएको छ।

औपचारिक निर्णय भएर खबर गरेको तीन दिनपछि जहाज उडाउन सक्ने जानकारी नेपाल एयरलाइन्सले मुख्यसचिवलाई गराएको छ ।

" /> काठमाडौं। चीनबाट फर्काइने नागरिक राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्र छनोट गरिएको छ।

"> चीनबाट फर्काइने नागरिकलाई विद्युत् प्राधिकरणको खरिपाटी तालिम केन्द्रमा राखिने: Dekhapadhi
चीनबाट फर्काइने नागरिकलाई विद्युत् प्राधिकरणको खरिपाटी तालिम केन्द्रमा राखिने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्