नेकपा अध्यक्ष दाहाल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ।

खुमलटारमा आज बिहान भएको शिष्‍टाचार भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ।

अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगको प्रशंसा गरेको दाहालको निजी सचिवालयले जनाएको छ।

अध्यक्ष दाहालले राजदूत पोलिटबीचको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझ प्रगाढ रहने विश्‍वास गर्दै नेपालको आर्थिक समृद्धिको अभियानमा बेलायतको सहयोग अपरिहार्य रहेको बताए।

भेटमा बेलायती राजदूत पोलिटले आगामी दिनमा नेपालको विकासमा बेलायत सरकारको सहयोग जारी रहने बताएकी छन्। रासस

प्रतिक्रिया दिनुहोस्