वागमती प्रदेशले साझालाई पैसा नदिने, छुट्टै ‘यातायात निगम’ गठन गरी बस चलाउने

काठमाडौं। वागमती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ।

प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ। संघीय सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको तीन अर्ब फिर्ता लिने निर्णय गरेको थियो।

प्रदेश सरकारले सो यातायातलाई ३० करोड रकम दिने प्रतिबद्धता जनाएपनि हालसम्म उपलब्ध गराइसकेको छैन। सो रकम विद्युतीय बस खरिदमा नै प्रयोग गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए। उनले भने, “रकम साझालाई नदिने भनिए पनि निर्णय भइसकेको छैन, निर्णय भएपछि प्रदेश सरकारले आवश्यक तयारी गर्नेछ।”

प्रदेश सरकारले बस खरिद र प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न ‘यातायात निगम’ स्थापनाको तयारी अघि बढाएको जनाइएको छ। यसका लागि आवश्यक छलफल भइरहेको उनले बताए।

साझालाई विद्युतीय बस खरिदका लागि ३० करोड दिने सम्झौता गत १६ असारमा भएको थियो।रासस

प्रतिक्रिया दिनुहोस्