काठमाडौं। चीनबाट शुरु भएको नोबेल कोरोना भाईरस संक्रमणको प्रभाव विश्व तेल बजारमा पर्ने देखिएको छ। चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस नियन्त्रणबाहिर गएपछि विश्व बजारमा तेलको माग लगातार घटिरहेको छ।
कोरोनाको संक्रमण थप फैलिन नदिन चीनले अधिकांश भू-भागमा सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गरेको छ। बजार र कलकारखानासमेत बन्द गरिएका छन्। जसका कारण चिनियाँ बजारमा तेलको खपत करिब २० प्रतिशतसम्म घटेको छ।
कोरोना भाइरसको संक्रण फैलिनुअघि चीनले दैनिक रुपमा औसत एक करोड ४० लाख ब्यारेल तेल खपत गर्थ्याे।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य स्थिर राख्ने लक्ष्यसहित तेल उत्पादक देशहरुको संगठन (ओपेक) र उसका सहयोगी राष्ट्रहरुले यसै साता बैठक बोलाएका छन्।
किन घट्दै छ तेलको मूल्य ?
कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि चीनका अधिकांश भूभागमा नयाँ वर्षको छुट्टी अवधि बढाइएको छ। त्यस्तै, चीन सरकारले यात्रामा प्रतिबन्ध लगाएको छ।
यहीकारण, चीनका उद्योग/कलकारखाना, यातायात र पसलहरु बन्द छन्। यसको अर्थ दुनियाँको सबभन्दा ठूलो तेल खरिदकर्ता अहिले कम तेल खरिद गर्दैछ।
यातायातमै प्रतिबन्ध लगाइएकाले चीनका सडकमा सवारी साधन अत्यन्त न्यून संख्यामा छन्। कोरोनाको संक्रमण बढ्दै जाँदा अन्तर्राष्ट्रिय हवाई सेवा कटौती गरिएको छ। योसँगै हवाई इन्धनको माग समेत घट्दो अवस्थामा छ।
के गर्लान् तेल उत्पादकहरु ?
यसै साता ब्लूमबर्गले सार्वजनिक गरेको एक प्रतिबेदन अनुसार चीनमा कच्चा तेलको खपत २० प्रतिशतले घटेको छ। चीनको घरेलु खपतमा आएको गिरावट इटली र इंग्ल्याण्डले गर्ने कुल तेल खपत बराबर हो।
यस्तै, एशियाको सबभन्दा ठूलो तेल प्रशोधन गर्ने कम्पनी सिनोपेकले कच्चा तेलको उत्पादनमा १२ प्रतिशतले कटौती गरेको छ। जुन, ६ लाख ब्यारेल प्रतिदिनको कटौती हो।
चीनको सरकारी स्वामित्वमा रहेको उक्त कम्पनीले पछिल्लो एक दशकमा सबभन्दा धेरै तेल कटौती गरेको बताइएको छ। एक अमेरिकी संस्थाले बताएअनुसार यो कटौतीले विश्व तेल बजारमा प्रभाव पारिसकेको छ।
दुनियाँका ठूलो तेल उत्पादक कम्पनी तेल उत्पादन कटौती गर्ने योजना बनाइरहेका छन्। २० माघमा मात्र ओपेकको सदस्य राष्ट्र ईरानले तेलको मूल्य स्थिर राख्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तेल उत्पादक देशहरुले यसै साता हुने बैठकमा दैनिक ५ लाखदेखि १० लाख ब्यारेल कच्चा तेलको उत्पादन कटौती गर्न सक्ने सम्भावना छ।
स्थिति थप बिग्रँदै गए तेल उत्पादन कटौती गर्न कुनै कञ्जुस्याँई नगर्ने तेल उत्पादकहरुले बताएका छन्।
नेपालमा के हुन्छ ?
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार नेपालमा तत्कालै यसको असर पर्दैन। भारतले प्रत्येक १५ दिनमा नेपाललाई तेलको मूल्य सूची पठाउने गर्छ।
यदि उत्पादकहरुले तेल उत्पादनमा कटौती गरे त्यसको १५ दिनपछि मात्र नेपालमा प्रभाव पार्छ। यद्यपि, कोरोना भाइरस संक्रमणको प्रभावमा तेलको उत्पादन कटौती हुँदा मूल्य भने नबढ्ने पौडेलले बताए।
“साउदी अरबको तेल उत्पादक कम्पनीमा ड्रोन आक्रमण हुँदा र सुलेमानीको हत्या हुँदा नबढेको तेलको मूल्य कोरोनाले बढाउँदैन”, उनले भने, “उत्पादकहरुले तेलको मूल्य स्थिर राख्नलाई उत्पादन कटौती गर्ने हुन्।”
" /> काठमाडौं। चीनबाट शुरु भएको नोबेल कोरोना भाईरस संक्रमणको प्रभाव विश्व तेल बजारमा पर्ने देखिएको छ। चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस नियन्त्रणबाहिर गएपछि विश्व बजारमा तेलको माग लगातार घटिरहेको छ।कोरोनाको संक्रमण थप फैलिन नदिन चीनले अधिकांश भू-भागमा सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गरेको छ। बजार र कलकारखानासमेत बन्द गरिएका छन्। जसका कारण चिनियाँ बजारमा तेलको खपत करिब २० प्रतिशतसम्म घटेको छ।

">