चीनबाट ल्याइएका नेपालीलाई सुरक्षित राख्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट उद्धार गरेर ल्याइएका नेपालीलाई सुरक्षित तवरले राख्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री, मुख्य सचिव र सम्बद्ध मन्त्रालयका सचिवहरूलाई आवश्यक प्रबन्ध मिलाउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्।

कोरोना भाइरस प्रभावित चीनका विभिन्न क्षेत्रबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्ध रूपमा सम्पन्न गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।

शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइनस्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकलाई ल्याउन समेत उनले बैठकमा निर्देशन दिए।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले कार्ययोजना प्रस्तुत गरेका थिए।

परराष्ट्र सचिव शंकरदास वैरागीले चीनमा रहेका नेपालीहरूको पछिल्लो अवस्था र मन्त्रालयले गरिरहेको पहलबारे बैठकमा जानकारी गराए।

नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्