कोरोना भाइरस संक्रमितलाई उपचार गर्न १२ दिनमै बने थप दुई अस्पताल

काठमाडौं। नोबेल कोरोना भाइरसको उद्गमबिन्दू वुहानको हउसेनसान र लेइसेनसानमा दुई वटा अत्याधुनिक नयाँ अस्पताल बनाइएको छ।

नोबेल कोरोना भाइरस संक्रमितलाई उपचार गर्ने उद्देश्यले बनाइएका ती अस्पताल दुई हजार ६०० बिरामीलाई उपचार गर्नसक्ने क्षमताका छन्।

ती विशिष्टकृत अस्पताल १२ दिनभित्र बनाइसकिएका हुन्। सिन्ह्वाले खिचेका चार वटा तस्वीर पोष्ट गर्दै नेपालका लागि चीनकी राजदूत हाउ यान्छीले ट्वीटमा लेखेकी छन्, ‘समयको गतिसँगको यो लडाइँ हामीले जित्ने छौं।’

कोरोना भाइरसबाट २२ माघ साँझसम्ममा २४ हजार ५५४ जना संक्रमित भएका छन् भने चीनमा मात्रै २४ हजार ३६३ जना संक्रमित छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार तीमध्ये तीन हजार २१९ जना सिकिस्त छन्। यही अवधिमा ४९१ जनाको मृत्यु भइसकेको डब्लूएचओ ले जनाएको छ। चीन भन्दा बाहिर २४ देशमा १९१ जनालाई संक्रमण भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्