काठमाडौं। नेपालले छिमेकी देश चीनलाई एक लाख मेडिकल मास्क सहयोग गर्ने भएको छ।
चीनमा नोवेल कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालले मेडिकल मास्क सहयोग गर्ने भएको हो।
नेपालले यसअघि दैनिक तीन हजार मेडिकल मास्क उत्पादन गर्दै आएकोमा अहिले दैनिक नौ हजार उत्पादन गर्न थालेको छ। केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले मास्क उत्पादन बढाउन निर्देशन दिएका थिए।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले चीनलाई मास्क सहयोग गर्ने घोषणा गरेका हुन्। केही दिनमै चीनलाई सहयोगस्वरूप मास्क उपलब्ध गराउने बैठकलले निर्णय गरेको छ।
यस्तै, चीनबाट उद्धार गरेर ल्याइएका नेपालीलाई शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल बनाएर राख्ने पनि बैठकले निर्णय गरेको छ।
बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति तयारीमा जुट्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
ओलीले कोरोना संक्रमणविरुद्ध निर्धातिर कार्यायोजना अनुरूप जुट्न निर्देशन दिएका हुन्। बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र पर्यटनमन्त्री योगेश भट्टराई सहभागी थिए।
यस्तै, मुख्य सचिव लोकदर्शन रेग्मी, सम्बन्धित मन्त्रालयका सचिव र सुरक्षा अधिकारी पनि बैठकमा सहभागी दिए।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले कार्ययोजना प्रस्तुत गरेका थिए।
परराष्ट्र सचिव शंकरदास वैरागीले चीनमा रहेका नेपालीहरूको पछिल्लो अवस्था र मन्त्रालयले गरिरहेको पहलबारे बैठकमा जानकारी गराए।
" /> काठमाडौं। नेपालले छिमेकी देश चीनलाई एक लाख मेडिकल मास्क सहयोग गर्ने भएको छ।चीनमा नोवेल कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालले मेडिकल मास्क सहयोग गर्ने भएको हो।

">