नेकपा नेता नेपाल र अमेरिकी राजदूतबीच एमसीसीबारे छलफल

काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्ल्यू बेरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेका छन्।

नेपालको निवास कोटेश्वर पुगेका बेरीले नेता नेपालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे पनि छलफल गरेको नेता नेपालका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए।

प्रतिनिध सभाबाट पारित गर्नका लागि सचिवालयमा ३० असारमै दर्ता भएकाे भए पनि अहिलेसम्म सभामा पेश हुन सकेकाे छैन।

एमसीसीबारे नेकपा पार्टीभित्रै विवाद देखिएकाे छ। अघिल्लाे साता सम्पन्न नेकपाकाे केन्द्रीय कमिटीले यसबारे अध्ययन गर्न पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालेकाे संयाेजकत्वमा तीन सदस्यीय समिति बनाएकाे थियाे।

आजकाे भेटमा नेता नेपालले कुनै पनि वैदेशिक सहयोग लिने नेपालको नीति भएको भन्दै एमसिसी राष्ट्रिय हित अनुकूल भए स्वीकार गरिने बताएका थिए।

नेपालले एमसिसी राष्ट्रिय हित विपरीत रहेछ भने त्यसलाई सच्चाउनुपर्ने बताएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्