अस्पताल थप्दै सेना
कैलाली। नेपाली सेनाले देशका विभिन्न स्थानमा अस्पताल सञ्चालनमा ल्याउने भएको छ।

हाल काठमाडौं र नेपालगन्जमा सैनिक अस्पताल सञ्चालनमा छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाले गण्डकी प्रदेशको पोखरा र प्रदेश १ को इटहरीमा सेनाले निर्माण गरेको क्षेत्रीय अस्पताल ९ फागुनदेखि सञ्चालनमा आउने जानकारी दिएका छन्।

तेघरी ब्यारेक कैलालीमा २३ माघमा आयोजित सुदूरपश्चिम क्षेत्रका पूर्वसैनिकहरूको सम्मेलनमा थापाले प्रदेश २ को बर्दिवासमा क्षेत्रीय अस्पताल निर्माण शुरु भइसकेको बताए।

देशका सातै प्रदेशमा सैनिक अस्पताल सञ्चालनमा ल्याउने सेनाको तयारी रहेको नयाँ पत्रिकामा समाचार छ।

प्रधानसेनापति थापाले सैनिक कल्याणकारी कोषबाट सञ्चालित कार्यक्रमबारे भूपू सैनिक र परिवारलाई जानकारी दिएका थिए।

कोषमा हाल करीब ४१ अर्ब रुपैयाँ रहेको र यसबाट आठ लाख भूतपूर्व सैनिकलाई लक्षित गरी शिक्षा, स्वास्थ्य, स्वरोजगारका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ थियो।

थापाका अनुसार भूपू सैनिक र परिवारको उपचारका लागि सैनिक अस्पतालबाहेक देशभरिका ४४ अस्पतालसँग अलग्गै समन्वय भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्