काठमाडौं। सरकारले सरुवा रोगको बिरामीको उपचार हुने मुलुकको एक मात्र टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल ३०० शैय्याको बनाउने भएको छ।
टेकु अस्पतालमा हाल ६० शैय्या छन्।
२० माघमा बसेको मन्त्रिपरिषद् बैठकले सरुवा रोग नियन्त्रण र उपचारको लागि अत्याधुनिक सुविधासहितको अस्पताल बनाउन सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।
सरुवा रोगको जोखिम बढ्दै गएको र अहिलेको जनशक्ति र भवनलेसमेत पछिल्लो समयमा देखा परेका नयाँ खालका सरुवा रोगको उपचारमा भार थेग्न नसकेपछि सुविधासम्पन्न अस्पतालको तयारीका लागि सरकारले प्रक्रिया अघि बढाएको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले क्षमता वृद्धिसहितको सुविधासम्पन्न सरुवा रोग अस्पताल निर्माणको लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेका थिए।
" /> काठमाडौं। सरकारले सरुवा रोगको बिरामीको उपचार हुने मुलुकको एक मात्र टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल ३०० शैय्याको बनाउने भएको छ।

">