संसद बैठक अवरुद्ध गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

यसअघि २३ माघको बैठक पनि कांग्रेसले अवरुद्ध गरेको थियो। कांग्रेसले पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाइएको विरोधमा बैठक अवरुद्ध पार्ने निर्णय गरेको हो।

आफ्ना नेतालाई प्रतिशोध साध्नका लागि सरकारको निर्देशनमा अख्तियारले मुद्दा दायर गरेको कांग्रेसको आरोप छ।

यसअघि २३ माघमै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले विरोधका कार्यक्रम गर्ने जानकारी दिएको थियो। आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्