प्रधानमन्त्रीले भने- "पाकिस्तानलाई सार्कको अध्यक्षता हस्तान्तरण गर्न आतुर छु"

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छन्।

उनले सार्कको १९ औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा आफू विश्वस्त रहेको बताए।

काठमाडौंस्थित सार्क सचिवालयको भ्रमण गर्दै सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लामो समयदेखि अवरुद्ध भएको सार्कको १९औँ शिखर सम्मेलन चाँडो हुने विश्वास जनाए।

१८औँ शिखर सम्मेलनले शान्ति, एकता र प्रगतिका लागि गहिरो साझेदारीमा जोड दिएको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन्।

सार्कका राष्ट्राध्यक्ष/सरकार प्रमुखले सार्कका सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले भने, “सार्कलाई पुनर्जीवन दिन तथा दक्षिण एशियाका जनताको विकासको चाहना पूरा गर्न यसलाई प्रभावकारी माध्यम बनाउन उहाँहरूले सहमति जनाउनुभएको थियो ।”

सार्क दक्षिण एशियाका जनताको साझा पहिचान भएको प्रधानमन्त्रीले बताए।

सार्कका महासचिव अमजद हुसेन बी. सियालले सार्कको परिधिभित्र रहेर क्षेत्रीय सहयोग अभिवृद्धि गर्न महासचिवका रुपमा निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले सराहना गरे।

प्रधानमन्त्री ओलीले सचिवालय परिसरमा रुद्राक्षको बिरुवा रोपेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्