अख्तियार प्रमुखलाई गुलाफकाे फूल दिने भन्दै सिठी जुलुस गर्नेे साझाका कार्यकर्ता पक्राउ
पहुँचका आधारमा कैंयौँलाई उन्मुक्ति दिइएको भन्दै साझाले विरोध प्रदर्शनमा गएका साझा पार्टीकी बागमती प्रदेश संयोजक समिक्षा बास्कोटालगायत एक दर्जनभन्दा बढी नेतालाई प्रहरीले गिरफ्तार गरेको साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले विज्ञप्तिमार्फत् जनाएका छन्।
आज विहान ११ बजे अख्तियार पुगेका साझा पार्टीका नेता तथा कार्यकर्ताले १७५ जनालाई भ्रष्टाचारमा मुद्दा दायर गरेकोमा प्रमुख आयुक्तलाई गुलाफको फूल उपहार दिने र उक्त जग्गा प्रकरणमा जोडिएका अन्यका विरुद्ध पनि मुद्दा दर्ता गर्न माग गर्दे सिठी जुलुस निकालेका थिए।
प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा ‘सरकारले संविधानले सुनिश्चित गरेको नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्न बारम्बार दुस्साहस गरिरहेको’ भनिएको छ।  शान्तिपूर्णरूपमा भेला हुन र विरोध गर्न पाउने संवैधानिक हकको उपयोग गर्दा त्यसलाई रोक्न खोजिएको साझाले भनेको छ। ‘संवैधानिक स्वतन्त्रताको हकलाई बारम्बार कुण्ठित गर्न खोज्दा सरकार बढ्दोरूपमा ‘अनुदार लोकतन्त्र’तर्फ उन्मुख हुँदै गएको हाम्रो आशंकालाई पुष्टी गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
साथै साझाले गिरफ्तारीमा परेका आफ्ना नेता तथा शुभेच्छुकलाई तुरून्त रिहा गर्न पनि माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्