काठमाडौं। आफ्ना उपसभापति विजय कुमार गच्छदारलाई भ्रष्टाचारको मुद्दा चलाएको भन्दै कांग्रेसले आज पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। सरकारको प्रभावमा परेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाग्रह राखेर मुद्दा चलाएको भन्दै कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यबाही प्रारम्भ भएको जनाउँ दिनासाथै कांग्रेसका सांसदहरू उभिएर विरोध गरेका थिए। लगत्तै सभामुख सापकोटाले कांग्रेसका सांसद मीन बहादुर विश्वकर्मालाई बोल्न समय दिएका थिए।
विश्वकर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै अख्तियारको दुरुपयोग गरेको टिप्पणी गरे। उनले सरकारको लाचार छायाँ बनेर अख्तियारले कसुर गर्नेलाई उन्मुक्ति दिने र निर्दोषलाई फसाउने पद्दतिको थालनी गरेको भन्दै आपत्ति जनाउँदै संसद अघि बढ्न नसक्ने जानकारी गराएका थिए।
पटक-पटक आग्रह गर्दा पनि कांग्रेस सांसदहरूले नमानेपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगन गरिएको घोषणा गरेका थिए।

कांग्रेस सांसदहरूको विरोधपछि प्रतिनिधि सभा बैठक आधा घण्टा स्थगित: Dekhapadhi
कांग्रेस सांसदहरूको विरोधपछि प्रतिनिधि सभा बैठक आधा घण्टा स्थगित